आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १७:४३
वासिङटन डिसी 07:58

डिसीमा नेपालमा अवसरहरु सिर्जना गर्ने प्रवासी नेपालीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ चैत २७ गते १९:३४ मा प्रकाशित

IMG_8569

उत्तर अमेरिकाको नेपाली समुदायको सबै भन्दा जेठो सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको आयोजनामा नेपालमा अवसरहरु सिर्जना गर्ने प्रवासी नेपालीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको भर्जिनियाको लोर्टनको एक पुस्तकालयमा सम्पन्न भएको छ l

IMG_8568

बिशेष गरि नेपालको समग्र आर्थिक विकास र अन्य क्षेत्रमा विदेशमा रहेका नेपाली समुदायले कसरि सहयोग गर्न सक्दछन भन्ने मुख्य उदेस्यले कार्यक्रमको आयोजना गरिएको हो l संस्थाका अध्यक्ष जीवन तिवारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अमेरिका लामो समय देखि बस्दै आउनु भएका एरिजोना फिनिक्स राज्य बिश्व बिद्यालयका वरिस्ठ बैज्ञानिक डा अम्बिका प्रसाद अधिकारी ,अन्तरराष्ट्रिय विकास संस्थाका कार्यकारी अध्यक्ष परशु नेपाल तथा नेपाल दुताबासका कैलाश राज पोख्रेल श्रोत ब्यक्तिका रुपमा वक्ता भै नेपालमा अवसरहरु सिर्जना गर्ने प्रवासी नेपालीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्नु भएको थियो l

IMG_8566

कार्यक्रम संचालन संचार संयोजक सुजित अर्यालले गरेका थिए भने अध्यक्ष जीवन तिवारीले संस्थाले कार्यक्रमको रुप रेखामा अलिक परिवर्तन गर्नु परेको बताएका थिए l प्रस्तुतिकरणको कार्यक्रम संचालन तथा डा अम्बिका प्रसाद अधिकारीको परिचय संक्षेपमा प्राध्यापक डा गोपी उप्रेतीले गर्नु भएको थियो l

आफ्नो प्रस्तुतिकरणमा डा अम्बिका प्रसाद अधिकारीले थुप्रै उदाहरण प्रस्तुत गर्दै बिदेशमा हाम्रो भूमिका र विदेश बाट नेपाल फर्केका नेपालीले कसरि देश विकासमा काम गरि रहेका छन् l उनीहरुका विचार कसरि परिवर्तन भएको छ भन्ने कुरा राख्नु भएको थियो l डा ढकालले प्रवासीको बारेमा बोल्दै गैर आवासीय नेपाली संघका अवसर तथा चुनौती बारेमा बोल्नु भएको थियो l कार्यक्रममा प्रश्न उत्तर राखिएको थियो l पछिल्लो कार्यक्रमको कार्यक्रम संचालन गैर आवासीय नेपाली संघ अमेरिकाका संस्थापक सुमन तिम्सिना ले गर्दै परशु नेपालको परिचय समेत गराउनु भएको थियो l

IMG_8536

अर्का वक्ता परशु नेपालले भर्खर नेपाल गै थुप्रै शहरमा गएको कुरा गर्दै नेपालले ठुलो विकास गरेको बताउनु भयो l र नेपाललाई कसरि सहयोग गर्न सकिन्छ र युवाहरुलाई उद्यमी कसरि बनाउन सकिन्छ भनेर काम गरि रहेको बताउनु भयो l नेपालमा हाम्रो धेरै आवस्यकता छ l हाम्रो खाचो छ भन्दै हाम्रो देश विकासको लागि केहि गर्न सकिन्छ भने सहयोग गर्नु पर्ने बताउनु भयो l

IMG_8532

उक्त अन्तरक्रिया कार्यक्रममा अमेरिकन नागरिक ओलिभिया फेल्डम्यान तथा अन्य साथीसंग मिलेर उपल्लो मुस्तांगको बारेमा ठुलो परियोजनामा काम गरि रहेको बताएका थिए l नेपालमा उपल्लो मुस्तांगको बारेमा नक्सा निर्माण गर्ने र गुगलमा राख्ने काममा लागि परेको भन्दै यस्तो गरेमा पर्यटकहरुले नेपालको भ्रमण गर्ने छन् भनि कुरा राखिन l

IMG_8585

यसै गरि अर्का वक्ता कैलाश राज पोख्रेलले नेपालमा अवसरहरु सिर्जना गर्ने प्रवासी नेपालीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सात क्षेत्रमा प्रवासी नेपालीले गर्नु पर्ने बुदागत बचनबद्धता बारेमा आफ्नो कुराहरु राख्नु भएको थियो l वहाले अमेरिकाबाट आर्थिक सहयोग मात्र गर्ने होइन कि मस्तिष्क स्थान्तरण गर्नु पर्ने बताउदै अब उच्च सकारात्मक दृष्टिकोण हुनु पर्ने बताउनु भयो l कार्यक्रममा प्रश्न उत्तर पनि राखीएको थियो l

IMG_8583 IMG_8534 IMG_8540

IMG_8588 IMG_8582

IMG_8545

IMG_8544

प्रतिक्रिया