मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

नवयुग श्रेष्ठको गोलको मद्दतले झापा गोल्ड कपको उपाधि आर्मीलाई

इनेप्लिज २०७२ चैत २७ गते १२:४५ मा प्रकाशित

Gautam-Udaya-1

काँकडभिट्टा, झापा, २७ चैत । सर्वाधिक पुरस्कार राशिको प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमामाल रंगशालामा आज भएको फाइनलमा झापा–११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि जितेको हो । उपाधिसँगै आर्मी क्लबले छ लाख रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको १८ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । विमल रानामगरको पासलाई सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आर्मीले झापा–११ लाई घरेलु मैदानमा पराजित गरेको हो । उपविजेता बनेको झापा–११ ले नगद तीन लाख रुपैयाँसहित मेडल र प्रमाणप्रत्र प्राप्त गरेको छ । यही चैत १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिम सहभागी थिए ।

प्रतिक्रिया