टाईगरको निर्देशनमा ‘मलाई तिमी फुल झैँ’

इनेप्लिज २०७२ चैत २७ गते ४:०५ मा प्रकाशित

1

पूर्वमा राम्रो पहिचान बनाउन सफल म्युजिक भिडियो निर्देशक दिलप्रकाश याक्सो ‘टाइगर’को निर्देशनमा भर्खरै एउटा भिडियोको छायाङ्कन सकिएको छ ।

सञ्जय तुम्रोकको आवाज,गितकार तथा कलाकार लय संग्रौलाको शब्द अनि बिकास चौधरीको संगितमा रहेको गीत ‘मलाई तिमी फुल झैँ’ को भर्खरै छायाङ्कन सकिएको हो । भिडियो सोचे जस्तै राम्रो बनेको निर्देशक टाइगरले बताए । म्युजिक भिडियोमा अभिनय क्षेत्रमा भर्खरै प्रवेश गरेका कलाकार बिक्रम श्रेष्ठ र जान्बी बस्नेतको दमदार अभिनय रहेको छ ।

2विक्रम र जान्बी दुबै जना अभिनय क्षेत्रमा राम्रो सम्भावना बोकेका कलाकार हुन् । पोखरा, मनकामना लगायतका विभिन्न रमणीय र पर्यटकीय क्षेत्रमा सुटिङ गरीएको म्युजिक भिडियोलाई विक्रम डिसीले छायाङ्कन गरेका हु’न ।

भिडियो सम्पादनको क्रममा रहेकोले केही दिनमा नै सार्वजानिक गरिने निमार्ण पक्षले बताएको छ ।

प्रस्तुति: रमेश तिवारी 

प्रतिक्रिया