शनिबार, असोज ३० २०७८
काठमाडौं १४:१०
वासिङटन डिसी 04:25

अमेरिकामा नेपालका प्रख्यात फेसन डिजाइनर राजेश धाख्वा जम्दै

इनेप्लिज २०७२ चैत २७ गते १:१० मा प्रकाशित

 

d 1नेपालमा वेश-भूषा (फेसन)को क्षेत्रमा झन्डै २ दशक देखि काम गर्दै आई रहेका नेपालका ख्यातीप्राप्त आरडीचाहत वेश-भूषा रूपकार का मालिक राजेश धाख्वा अमेरिकामा बिस्तारै जम्न थालेका छन् l

गत फेब्रुअरी १८ तारिख न्यु योर्कमा भएको वेश-भूषा सप्ताहमा उनको उत्कृष्ट प्रस्तुति संगै उनि चर्चाको शिखरमा पुगेका छन् l उक्त वेश-भूषा सप्ताहमा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्ने उनि मात्र एक नेपाली परेका थिए l विश्व कै सम्राट शाहर न्युयोर्कमा भएको उक्त सप्ताब्यापी प्रदर्शनमा नेपालका स्थापित फेसन डिजाइनर राजेश धाख्वा न्युयोर्क फेसन सप्ताहका प्रख्यात व्यक्ति कहलिएका छन् ।

न्युयोर्कको म्यानहटनमा सम्पन्न वेश-भूषा प्रदर्शनमा ‘एसएम ग्लोबल क्याटवाक’ मा अमेरिकी नमुना महिलाहरुले समेतले धाख्वाका पहिरन लगाएर बिरालो चाल हिडेका थिए l उक्त प्रदर्शनमा धाख्वाको आरडी मार्काका उद्घाटन समेत गरिएको थियो ।

dhakwa 6आरडी चाहत वेश-भूषा पसलका प्रमुख राजेश धाख्वाद्वारा बनाईएका पोसाक लगाएर बिदेशी नमुना महिलाले प्रस्तुति गर्दा दर्शकहरूले उत्साहपूर्वक कर्तल ध्वनिले सम्मान गरेका थिए l न्युयोर्कको सप्ताह फेसन प्रदर्शनमा ‘पूर्व र पश्चिमको मिलन’ भन्ने मूल सन्देश सहित वेश-भूषा प्रदर्शनमा सहभागिता जनाएकोमा धाख्वा हर्षित् छन् l उनले भने अमेरिका जस्तो देशमा नेपालको तरफ बाट आफुले सहभागिता जनाउन पाउनु ठुलो कुरा भएको बताए ldhakwa 7यसै गरि धाख्वाले अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोस्रो अधिवेसनमा पनि फेशन प्रदर्शन गराएका थिए l धाख्वाले ईनेप्लिज संग कुरा गर्दै भने जापानमा मात्र ७ पटक एकल वेश-भूषा प्रदर्शन गरि सकेको बताउदै अहिले सम्म नेपाल सुन्दरी प्रतियोगितामा ३ पटक आधिकारिक फेशन रुपकार (डिजाइनर )भै काम गरि सकेको बताए l नेपाल र नेपालीको नाम विश्वमा राख्ने आफ्नो भरपुर् कोसिस रहने छ र यसको लागि हामी अहोरात्र मेहनत गरि रहेको ईनेपलिजलाई बताए l

d 2

dhakwa 4 dhakwa 3 dhakwa 2

dhakwa 10 dhakwa 8

  तस्बिर :राजेश धाख्वा /राजिब श्रेष्ठ 

प्रतिक्रिया