दुबईमा पाँच नेपालीलाई बीस करोड

इनेप्लिज २०७२ चैत २६ गते १३:२० मा प्रकाशित

Rajabadi-ktm-4-768x576दुबई । वैदेशिक रोजगारीका शिलशिलामा दुबई आएका नेपाल पाँच जनाले यूएईको ‘बिग टिकट’ भाग्यशाली चिठ्ठामा झण्डै बीस करोड नेपाली रुपैयाँ प्राप्त गरेका छन् । बिग टिकट किन्ने अन्तिम दिन मार्च ३१ तारिक लिइएको ४५८८७ नम्बरको भाग्यशाली टिकटमा ७ मिलियन दिराम्स अर्थात २० करोड नेपाली रुपैयाँ भाग्यशाली चिठा दार्जिलिङकी सुनयना राईको नाममा परेको हो । काठमाडौंका सुनील लामासहित झापाकी उशा थापा मगर, आशा थापा मगर र मिना राई मिलेर किनेको टिकटमा यो पुरस्कार परेको छ । पाँच जना नेपाली मिलेर ५ सय दिराम्समा चिठ्ठा किनेका थिए । प्राप्त रकम प्रतिव्यक्ति चार–चार करोड नेपाली रुपैयाँ प्रतिव्यक्ति भाग लगाउने राईले बताएकी छिन् ।

प्रतिक्रिया