नयाँ वर्षको उपहारः झोराहाटमा नाटकघर

इनेप्लिज २०७२ चैत २६ गते २:०६ मा प्रकाशित

पथरी (मोरङ), २६ चैत । झोराहाट नाट्य समूहले मोफसलकै पहिलो नाटकघरको रुपमा आगामी नयाँ वर्षसँगै वैशाख १ गते उपहारका रुपमा नाटकघर ल्याउने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा झोराहाटमा नाटकघर डवली सञ्चालनमा ल्याउन लागिएको हो । सडक नाटकमा आफ्नो उपस्थिति बलियो बनाएको नाटकघरको शुभारम्भसँगै मोफसलका गाविसमा हुने नाटकघरमा झोराहाट नाटकघर डबली नै पहिलो हुने बताइन्छ । नाटकघरको उद्घाटन नजिकिँदै गर्दा अहिले त्यसको रङगरोगनका लागि स्थानीय कालाकारलाई भ्याई नभ्याईको अवस्था रहेको छ ।

आगामी वैशाख १ गते उद्घाटन गर्न लागिएको नाटकघरको उद्घाटनका लागि लगभग सबै तयारी पूरा भएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिनुभयो । १२० जना अट्ने क्षमता भएको नाटकघरको उद्घाटन कला क्षेत्रका व्यक्तित्वबाट हुने गुरागाईंको भनाइ छ ।

सिल्पी थिएटर काठमाडाँैको प्राविधिक सहयोगमा स्थानीय झोराहाटवासी तथा कलाप्रेमीको सहयोगमा रु २५ लाखको लागतमा नाटकघरको निर्माण सम्पन्न भएको हो । स्थानीय कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नाटकघरको स्थापना गरिएकोमा स्थानीयवासी हौसिएका छन् ।

प्रतिक्रिया