रुमाको उपचारका लागि अर्थ सङ्कलन

इनेप्लिज २०७२ चैत २५ गते २:४० मा प्रकाशित

दमाम (साउदी अरब), २५ चैत । दुवै आँखा गुमाई सात वर्षदेखि ओछ्यानमा थला परेकी स्याङ्जा जिल्लाको बहाकोट–७, मेलडाँडाकी रुमा परियारको उपचारका लागि सहयोग रकम जुटेको छ ।

आर्थिक अभावका कारण आँखाको उपचार पाउन नसकेकी रुमाको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएपछि साउदी अरबमा रहेका नेपालीले सहयोग रकम जुटाएका हुन् । रुमाको उपचारका लागि रु ७० हजार सङ्कलन भएको अभियानकर्ता अनुप नेपालीले जानकारी दिनुभयो । उनको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको नेपालीले बताउनुभयो ।

बृद्ध श्रीमान्ले हलो जोतेकै भरमा बिहान–बेलुकाको छाक टार्दै आएकी रुमाको परिवारमा पाँच छोराछोरी रहेका छन् । आर्थिक अभावकै कारण उपचार हुन नसक्दा ७ वर्षअघि आँखामा आएको सानो समस्याले गर्दा उनले आँखा गुमाउनु परेको थियो । रुमाको उपचारका लागि इजरायलमा रहेका नेपालीले समेत सहयोग रकम सङ्कलन गरेका छन् ।

प्रतिक्रिया