मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०२:२३
वासिङटन डिसी 16:38

महिला क्रिकेटमा सशस्त्र विजयी

इनेप्लिज २०७२ चैत २४ गते १५:४३ मा प्रकाशित

cricket123431-300x253काठमाडौँ, २४ चैत । ‘प्रथम इन्डो–नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

लतितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा आज भएको खेलमा एपिएफले आयोजक ‘राइजिङ क्रिकेट फर ओमेन्स’लाई ७४ रनले पराजित गर्दै विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३९.१ ओभरमा सबै विकेट गुमाएर १८७ रनको चुनौती पेस गरेको थियो । जवाफी ब्याटिङमा आएको राइजिङले ३१ ओभरमै सबै विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो ।

एपिएफलाई जित दिलाउन रुविना क्षेत्रीले ६०, करुणा भण्डारीले २४ र सीता रानामगरले २३ रनको योगदान दिए । त्यस्तै, रुविनाले पाँच तथा सीताले दुई विकेट लिएपछि राइजिङ लक्ष्यमा नपुगी अलआउट भयो ।

राइजिङका ममता चौधरीले ५१, नेरी थापाले १८ रन र पाँच विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

प्रतिक्रिया