च्याउ खाँदा एकै परिवारका पाँच बिरामी

इनेप्लिज २०७२ चैत २४ गते १५:४१ मा प्रकाशित

musrumइलाम, २४ चैत । विषालु च्याउ खाँदा आज इलामको चुलाचुली–५ का एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

रूखको ठुटामा फलेको च्याउ खाँदा २८ वर्षीय श्याम ठटाल, ११ वर्षीय समीर ठटाल, २५ वर्षीया सलिना ठटाल, २४ वर्षीय रोहित ठटाल र पाँच वर्षीया समीक्षा ठटाल बिरामी परेका हुन् ।

उनीहरूमध्ये श्याम र समीरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरूको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुले आज बिहान घरनजिकै रहेको रूखको ठुटामा पलाएको च्याउ तरकारीका रूपमा पकाएर खाएका थिए ।

प्रतिक्रिया