पोखरीमा डुबेर भारतीय युवकको मृत्यु

इनेप्लिज २०७२ चैत २४ गते ३:१४ मा प्रकाशित

गौशाला, २४ चैत । महोत्तरी जिल्लाको रतौली गाविसमा मङ्गलबार साँझ पोखरीमा डुबेर एक भारतीय युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको युपी राज्यको गोला गोकरनाथगढी जिल्लाअन्तर्गतको बारा पञ्चायत बस्ने कल्लु हरिजनका छोरा २२ वर्षीय धमेन्द्रकुमार गुप्ता हरिजन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवक हरिजन युपीबाट आएर नेपालको महोत्तरी र धनुषाका विभिन्न स्थानमा ज्याला, मजदुरीको काम गर्दै आएका र सोही क्रममा मङ्गलबार साँझ रतौलीमै काम गरिरहेको बेला रतौली–९ स्थित पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

मृतक भारतीय युवकको शवपरीक्षणका लागि महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

प्रतिक्रिया