तीन नगरपालिका थप गर्न सिफारिस

इनेप्लिज २०७२ चैत २४ गते २:४२ मा प्रकाशित

सल्यान, २४ चैत । जिल्ला विकास समिति सल्यानले जिल्लामा तीन नगरपालिका थप गर्नका लागि स्थानीय विकास मन्त्रालयमा सिफारिस गरेको छ ।

जिविसको बोर्ड बैठकले जिल्लाका प्रमुख व्यापारिक केन्द्र रहेका गाविसलाई समेट्दै नगरपालिका थप गर्न सिफारिस गरेको हो । सोमबार सम्पन्न बैठकले मूलखोला, देवस्थल, घाँजरीपिपल र वामे गाविसलाई समेटेर सल्लीबजार नगरपालिका, छाँयाक्षेत्र, त्रिवेणी, लेखपोखरा र कोरवाङ्ग झिम्पे गाविस समेटेर छाँयाक्षेत्र नगरपालिका र धनवाङ, फलावाङ र रिम गाविसलाई समेटर कपुरकोट नगरपालिका थप गर्न मन्त्रालयलाई सिफारिस गरेको जिविसका सूचना अधिकृत पूर्णबहादुर वलीले जानकारी दिनुभयो ।

यस्तै, बैठकले यसअघि घोषणा भइसकेको वागचौर नगरपालिकामा वाफुखोला गाविस थप गर्न सिफारिस गरेको पनि वलीले जानकारी दिनुभयो । यसअघि जिल्लामा शारदा नगरपालिका र वागचौर नगरपालिका गरी दुईवटा नगरपालिका घोषणा भइसकेको छन् ।

प्रतिक्रिया