शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०९:४८
वासिङटन डिसी 00:03

रुपन्देही ११ लाई पछि पार्दै मनाङ–मस्र्याङ्दी सेमिफाइनल प्रवेश

इनेप्लिज २०७२ चैत २३ गते १५:५० मा प्रकाशित

12495077_1716366761913256_7023572178306177271_nसुरुङ्गा (झापा), २३ चैत । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम झापा गोल्ड कपको आज सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा रुपन्देही ११ लाई एकका विरुद्ध ४ को फराकिलो गोल अन्तरलेपछि पार्दै मनाङ–मस्र्याङ्दी क्लब विजयी भएको छ ।

मनाङ–मस्र्याङ्दी क्लब विजयी भएसँगै उसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । मनाङ–मस्र्याङ्दी क्लबका लागि अफ्रिकन खेलाडी अफिज ओलावाले एक्लैले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको ४३औँ, दोस्रो हाफको सातौँ र २०औँ मिनेटमा एक–एक गोल गर्दै ह्याट्रिक गरेका हुन् ।

त्यस्तै पहिलो हाफको ३२औँ मिनेटमा मनाङकै अर्का खेलाडी सिसकोले पहिलो गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा रुपन्देही–११ का पुकार गहतराजले एक मात्र सान्त्वना गोल फर्काएका थिए । प्रतियोगिताअन्तर्गत आजको खेलमा ‘म्यान अफ दी म्याच’ विजयी टोलीका ओलावाले घोषित भए । ‘म्यान अफ दी म्याच’ घोषित भएका ओलावालेलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो ।

बुधबारको पहिलो सेमिफाइनलमा झापा–११ र थ्री स्टार आमुन्ने–सामुन्ने हुने आयोजक समितिले जनाएको छ । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख तथा उपविजेता टोलीले नगद तीन लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया