मेरो माया तिम्रो -प्रमोद खरेल

इनेप्लिज २०७२ चैत २३ गते १५:०० मा प्रकाशित

sapana

कतारलाई कर्म थलो बनाई मोडलिङ क्षेत्रमा आफ्नो पाहिला आगाडी बढाएका मोडेल बिक्रम बुढाथोकीको नया म्युजिक बजारमा आएको छ । छोटो समयमा निकै चर्चामा आउन भएका बुढाथोकी दर्जनौ म्युजिक भिडियो खेलिसकेका अहिलेका व्यस्त मोडेल हुन ।

सपना काफ्ले को प्रस्तुतिमा रहेको सपना नामक एल्वममा रहेको सो गीत बसन्त फिल्मस् प्रा.ली.को बजार व्यवस्थापनमा रहेको छ । सर्जक टुरिस्ट जंग बि .कको मर्म स्पर्सी शब्दमा रहेको गीतमा स्वर भने सुमधुर स्वरका धनि प्रमोद खरेलले दिएका छन् । सो गीतमा संगीत लाल कुमार बरालले दिनुका साथै क्यामेरा बिदुर पान्डेले चलाएका छन् ।

सो भिडियोलाई चर्चित डाईरेक्टर बब्बु थापाले डाइरेक्सन् गरेका हुन्। अभिनय तर्फ बसन्त फिल्मस् प्रालीका केन्द्रीय सदस्य एवं मोडेल बिक्रम बुढाथोकी, चर्चित मोडेल मंजिता केसी तथा मोडेल सुरेस पोख्रेल रहेका छन् । सो म्युजिक भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको छ भने सो भिडियो को सम्पादन मिलन बि.क ले गरेका छन् । दृश्य निर्माण एकता फिल्मस् प्रालि ले गरेको छ ।

प्रतिक्रिया