बोस्टनमा हिमालयन लायन्स क्लबको छैठौ बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७२ चैत २३ गते १:१४ मा प्रकाशित

bimal 3

अमेरिकाको बोस्टन स्थित हिमालयन लायन्स क्लबको छैठौ बार्षिकोत्सव गत अप्रिल ३ तारिख भब्यताको साथ सम्पन्न भएको छ l क्लबका अध्यक्ष बिमल नेपालको अध्यक्षतामा भएको “लाइन्स चार्टर इभानिंग ” औपचारिक समारोह तथा मनोरन्जनात्मक गरि दुई चरणमा संचालन गरिएको थियो l अध्यक्ष नेपाल एक चर्चित फोटोग्राफर (छायाचित्र पत्रकार ) का रुपमा अझ बढी चिनिन्छन l

सो समारोहमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३३ के का गभर्नर बिल डोन्यालेन ,क्षेत्र अध्यक्ष फेनी मे तथा महेश्वर पन्तको उपस्थिति रहेको थियो l उनीहरुले क्लबलाई नमुना बनाउन भबिष्यमा आफुहरु सधै साथ रहने प्रतिबद्धता जाहेर गरे l र ,क्लबले गरेको उपलब्धिको मुक्त कण्ठले प्रसंशा गरेका थिए l

समारोहमा सचिब पेशल रेग्मी तथा कोषाध्यक्ष गोबर्धन पूजाले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए l क्लबका निवर्तमान अध्यक्ष बिष्णु कार्की तथा प्रथम उपाध्यक्ष राम थापाले आगन्तुक अतिथिहरुको स्वागत गर्दै उनीहरुलाई उपहार प्रदान गरेका थिए l तृतीय उपाध्यक्ष आजाद प्रधानले स्वागत मन्तब्य राखेकी थिइन् l

bimal 2

सोहि समारोहमा गभर्नर बिलले क्लबकी सदस्य आसु लक्ष्मी राज भण्डारीलाई करिब १८,०००  डलरको आर्थिक सहयोग हस्ताक्षर गरेका थिए l सदस्य राजभण्डारी बिगत केहि समय देखि सडक दुर्घटनामा परेर र घरमा आगलागी भएर पिडित भएको अवस्थामा क्लब र सदस्यहरुले आर्थिक सहयोग गरेका थिए

बोस्टन क्षेत्रमा क्रियाशील ४५ वटा क्लब मध्ये हिमालयन निकै क्रियाशील संस्था हो जसले २ बर्ष अगाडी सर्बोत्कृष्ट क्लबको पुरस्कार जित्न सफल भएको थियो l क्लबले गत बर्ष भूकम्प पिडितको उद्धारको लागि नेपाली राजदुत मार्फत १८,०००  डलर नेपाल सरकारलाई दिएको थियो l अन्य क्रियाकलाब अन्तर्गत आँखा शिबिर ,रक्तदान शिबिर तथा बिभिन्न सहायता कोष संकलन चलाउदै आएको छ l

क्लबले हरेक बर्ष नेपालको एक बिद्यालयलाई १ हजार ५ सय डलर दिदै आएको छ भने बिराटनगरको एक बिद्यालयमा एक पुस्तकालय स्थापनाको लागि भवन समेत बनाई दिएको छ l

bimal ji 1

यस क्लबमा करिब ४८ जना सदस्य भएको जानकारी अध्यक्ष बिमल नेपालले बताए l हाल अमेरिकामा भएका संस्थाहरुमा भएका राजनीतिकरण र गुटबन्दी भाट वाक्क भएका जागरुक व्यक्तिहरु लायन्स क्लब अन्तर्राष्ट्रिय बाट चलाईएको बिसुद्ध सामाजिक संस्था लायन्स क्लब तिर आकर्षित भएको पाईएको छ l

प्रतिक्रिया