आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १२:४४
वासिङटन डिसी 02:59

सन फ्रान्सिस्कोमा नेपालीले कोदो ,फापर र सिन्की समेत पाउने किराना पसल खोले

इनेप्लिज २०७२ चैत २३ गते ०:१५ मा प्रकाशित

kiran 2

अमेरिका धेरै राज्यमा गुन्द्रुक आफै बनाउने नेपाली समुदाय पनि छ l मसौरा बनाउन बाया हातको खेल जस्तो भएको छ किनभने मसौरा बनाउन सबै जिनिस अमेरिकामा उपलब्ध हुन् थालेको छ l यस्तै गरि नेपाली सामान उपलब्ध गराउने उद्देश्यले अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्कोमा नेपालीहरुको लगानीमा नेपाली कोदो तथा फापरको पिठो तथा सिन्की समेत उपलब्ध गराउने गरि गत अप्रिल ३ तारिख किराना पसल खोलेका छन् l

kiran 1

हिमालयन ग्रोसरी’ नामकरण गरिएको उक्त किराना पसलमा नेपाली, तिबेतियन ,भारतीय तथा दक्षिण एसियाली मुलकका सामानहरु राखिएको छ । उक्त हिमालयन ग्रोसरी नामक किरमा पसल पूण्य कार्की ,किरण आचार्य, कंचन सुवेदी तथा पूस्कर रेग्मीले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को बाट नजिक रहेको सन पाब्लो शहरमा खाद्य सामाग्री बेच बिखन गर्ने पसल यो क्षेत्रको लागि पहिलो भएको छ l

यस क्षेत्र वरपर नेपालीहरुको स्वामित्वमा रहेको चमेना गृह ,इन्धन चौकी ,तथा अन्य पसल रहेको भएता पनि खाद्य सामग्री को पसल नरहेकोले यस क्षेत्रमा खोलिएको जानकारी पसल संचालक पूण्य कार्कीले दिएका छन् l कार्कीले अगाडी भने सिन्की ,फापर तथा कोदोको पिठो समेत हामी कहाँ उपलब्ध छ भने l

kiranअर्का सञ्चालक किरण आचार्यले एकै थलोमा नेपाली, भारतिय तथा तिबेतियन सामानहरु राखी दिदा सबैलाई सरल हुन्छ भन्ने हेतुले खोलिएको बताए l सञ्चालकहरु द्वय पूस्कर रेग्मी तथा कंचन सुवेदीले नेपालीपन झल्किने सामानहरु सरल रुपमा पाइनुको साथै सुपथ मूल्यमा गुणस्तरिय सामान पनि पाईने जानकारी दिएका छन् l

wai wai

punya bhai

हिमालयन ग्रोसरी पसल को ठेगाना यस प्रकार छ :
10340 San Pablo Avenue, EL Cerrito, CA 94530

प्रतिक्रिया