एनआरएनए केन्या द्वारा नेपाली पूजारीको परिवारलाई सहयोग |

इनेप्लिज २०७२ चैत २२ गते १३:०३ मा प्रकाशित

DSC07106-800x532

गैर आबासिय नेपाली संघ केन्याले एक बिशेष समारोह बिच केन्याको नैरोबी स्थित सनातन धर्म सेवा मन्दिरमा गत १४ बर्ष देखी कार्यरत पूजारी निलमणीको परिवारलाई रु ३३००० नगद सहयोग गरेको छ |

झापा भद्रपुर मुल घर भएका निलमणीको केही समय अघी असामयिक निधन  भएको थियो | पूजारी निलमणीका एक श्रीमती र आठ बर्षकी एक छोरी छन | एनआरएनए केन्याका महासचिब कृष्णदत्त भट्ट का अनुसार पूजारी निलमणीले केन्याका नेपालीहरुलाई सह्योग्  गर्ने गरेको र गत भुकम्पमा समेत पीडितलाई एनआरएन मार्फत  सह्योग् गरेका थिए |

प्रतिक्रिया