महाभूकम्पको सम्झनामा तनाव व्यवस्थापन परामर्श गरिने डीसी क्षेत्रका नेपालीलाई फाइदा लिन अनुरोध

इनेप्लिज २०७२ चैत २२ गते ४:१८ मा प्रकाशित

DSC07106

वासिंगटन डीसी । नेपालमा महाभूकम्प गएको एक बर्ष पुगेकोमा वासिंगटन डीसी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले यही आउँदो अप्रिल २४ तारिखका दिन महाभूकम्पको सम्झना र हाम्रो स्वास्थ्य कार्यक्रम गर्ने भएका छन् । बी वेल इनिसिएटिभ र सानले संयुक्त रुपमा आयोजना गरिने उक्त कार्यक्रममा तनाव व्यवस्थापनका उपायहरु बारे पनि छलफल हुने बताइएको छ ।

DSC07096

कार्यक्रम Herndon Middle School, 901 Locust St, Herndon, VA 20170 मा अप्रिल २४ तारिखका दिन दिउँसो २.३० बजेदेखि साँझ ६ बजेसम्म हुने बताइएको छ ।

DSC07078

आइतवार संयुक्त पत्रकार सम्मेलनमा इनिसिएटिभका नेतृत्वकर्ता डा. डम्बर  कुमार गुरुङले दिएको जानकारी अनुसार कार्यक्रमलाई दुई भागमा बाँडिएको छ । पहिलो चरणमा गतबर्ष बैशाख १२ गते नेपालमा गएको महाभूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छभने दोस्रो भागमा भूकम्पक र अमेरिका बसोबास गर्द आइपरेका समस्याहरुका कारण उत्पन्न हुने तनावको व्यवस्थापना सम्बन्धमा विज्ञहरुसंग व्यवहारिक परामर्शको कार्यक्रम राखिएको छ ।

DSC07064

आयोजक मध्येका पब्लिक हेल्थ कार्यक्रमका संयोजक तथा स्ट्रेस बिशेषज्ञ डा. मार्क गर्किनले कार्यक्रमलाई महाभूकम्पको सम्झनामा भाषण गर्ने थलोमात्र नबनाई तनावबाट मुक्तिका लागि व्यवहारिक उपायहरुका बारेमा छलफल गर्ने मौकाका रुपमा पनि उपयोग गर्न लागिएको बताए ।

DSC07053

बी वेल इनिसिएटिभ गत बर्ष नेपालमा गएको महभूकम्प पछि अमेरिका र बिशेष गरेर डीसी क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले भोगेका अप्ठ्यारा र तनावमा सहयोगका लागि सुरु गरिएको अभियान हो ।

DSC07065

परामर्शदाता भारती देवकोटाले नेपालमा भूकम्प गएपछि नेपाली समुदाय धेरै त्रसित र तनावमा रहेको उल्लेख गर्दै त्यही तनाव व्यवस्थापनको परामर्शका लागि अभियान सुरु गरेको बताइन् । उनले नेपाली संस्कृति अनुसार मानसिक स्वास्थ्यको बारेमा खासै छलफल नहुने हुँदा पनि समस्या देखा परेको उल्लेख गर्दै अगामी २४ तारिखको कार्यक्रममा नेपाली समुदाय र नेपाली भाषी भूटानीहरुको परामर्श सेवाबाट फाइदा लिन सक्ने बताइन् ।

DSC07097

पत्रकार सम्मेलनमा परामर्शदाताहरु अंशु बस्नेत र रुप्सा सिंहले पनि परामर्शले तनावलाई व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रममा सहभागी भएर फाइदा लिन अनुरोध गरेका थिएभने शुभम् गुरुङले इनिसिएटिभले हालसम्म गरिरहेका कामहरु र उद्देश्यकाबारेमा पोष्टर प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया