पातले छाँगोमा एक व्यक्ति मृत फेला

इनेप्लिज २०७२ चैत २० गते १६:१९ मा प्रकाशित

पोखरा, २० चैत । पोखरा उपमहानगरपालिका वडा नं १७ छोरेपाटनस्थित पातले छाँगो (डेभिड फल्स)मा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

दिउँसो ४ः०० बजेको समयमा खसेका मङ्गोलियन अनुहारको देखिने लगभग ५० वर्षीय पुरुषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मृत अवस्थामा पातले छाँगोबाट लगभग ९० मिटर तल पानीमा डुबेको अवस्थामा फेला पारेको हो ।

मृतकका साथमा पातले छाँगामा प्रवेश गर्दा दिइने दुईवटा टिकट र रु १५ हजार ५५५ नगद पनि फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेको मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया