बुधबार, कार्तिक ५ २०७७
काठमाडौं १८:५३
वासिङटन डिसी 09:08

झापा ११ सेमिफाइनल प्रवेश

इनेप्लिज २०७२ चैत २० गते १५:५८ मा प्रकाशित
तस्वीर: बिनोद पाण्डे

तस्वीर: बिनोद पाण्डे

बिर्तामोड, २० चैत । झापाको डोमालाल रङ्गशालामा सञ्चालन भइरहेको झापा गोल्डकप फबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा संघर्षपूर्ण जीत दर्ता गर्दै आयोजक झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वार्टरफाइनल खेलमा कास्की ११ लाई ३-२ गोलअन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनल यात्रा पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलको १० मिनेटमै झापाका गणेश खड्काले गोल गरे ।

लगत्तै कास्कीका सुशील लामाले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । १९औँ मिनेटमा भएको उनको प्रहारले जाली चुमेको थियो । झापाका लागि दिलेन लोक्तामले २४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

कास्कीले ५१औँ मिनेटमा खेललाई बराबरीमा र्पुयायो । कास्कीका उत्तम गुरुङले प्रहार गरेको बल पोस्टमा भित्रिएको थियो । खेल २-२ गोलको बराबरीमा पुगेपछि खेलाडीबीच केही सयम घम्साघम्सी भएको थियो ।

झापाले जीत दर्ता गर्न खेलको अन्तिम समय लक्की भयो । खेलको ८३औँ मिनेटमा कर्ण लिम्बूले रिबाउन्ड बललाई रित्तो पोस्टमा जाली चुमाउँदा झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । झापाका सञ्जोग राईले प्रहार गरेको बल कास्कीका गोलरक्षक तेन्जिङ नाम्ग्यालको हातबाट फकेर बारबाट फर्किएपछि कर्णले बललाई पोस्टको दिशा दिएका हुन् ।

शनिबारको खेलमा झापाका गणेश खड्का म्यान अफ दी म्याच घोषित भए । आइतबारको खेल दुई  विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया