अमेरिकामा अंग्रेजीमा पार नलागे पछि संस्कृतमा पो लागियो ?

इनेप्लिज २०७२ चैत २० गते १:२६ मा प्रकाशित

bijay

जिजु बुवा ,हजुर बुवा ,मामा कसैले नसकेको सबै भन्दा कठिन भाषा अंग्रेजीमा कहिले उभो नलागीने भो l जति नै टाउको फुटाए पनि गिदीले काम गर्न सकेन l सम्भवत उमेरले डाडो काटेर हो कि ? जति पढ्दा पनि कहिले मष्तिस्कले नठम्याउने यो भाषा l कुन जन्मको साहुको ऋण खाएर आएको जति घोत्लिदा पनि पार नै नलाग्ने भए पछि अब यस्को बिकल्पको अनुसन्धान गर्दा हाम्रा बाजे बराजुले कमसेकम संस्कृत भाषा त सिकेका थिए भन्ने ठानेर यता पो लाग्ने निर्णय गरे l

यहाहरु जस्तो टप्पक टिप्ने मेरो क्षमता छैन l घोकन्तेले पनि काम गर्दैन l विचार सम्प्रेषण गर्दा मुखमा आएर पनि बाक्य बसे जस्तो टक्क अडिन्छ l कुनै मेसो नै यो भाषाको पाइदैन l हैन ,कसले यो भाषाको आविस्कार गरेको हो भन्ने तर्फ पो खोजि नीति गर्नु पर्ने भएको छ l बालककालमा शिक्षकले हिजो ठुलो पानी परेको थियो ? अंगेजीमा के भन्छन भन्दा आफुले झट्ट समझदा अंग्रेजीमा बिग बिग वाटर वाज कमिङ्ग भन्दा बेतको छडीले कुटाई पनि खानु परेको सम्झना छ l अर्को शिक्षकले दुर संचारलाई अंग्रेजीमा के भन्छन भन्दा फार कामिनीकेसन पनि भन्ने मै हु l अनि कसरि मेरो अंगेजी सुध्रिएला त ?

कुरा सकिएन त ? जति गरे पनि शब्द खेलाउन नसक्नु र बोधो दिमागले टिप्न नसकेर कहिले पनि अंग्रेजीको ज्ञान आर्जन गर्न सकिएन l अब यत्रो उमेरमा कसरि अंग्रेजी धारा प्रवाह बोल्ने त्यो चिन्ता हुन् थाल्यो l अमेरिकामा बच्चा बच्चा पनि मकै भुटेको जस्तो अंग्रेजी बोल्छन l आफु पुरानो शिक्षा र महेन्द्रमाला पढेको मान्छे अनि के खाएर अंग्रेजीमा धारा प्रवाह आउला त ?

अब अंग्रेजीमा पार लाग्ला जस्तो लागेन l अमेरिका ३- ५ वटा शब्द खेलाउन सके अमेरिका कप्लक्क खाईन्छ l अंग्रेजीमा यस ,नो ,नेक्स्ट प्लिज ,हाउ यु डुंइंग ,गुड जाने अमेरिकामा समस्या हुदैन l यसरि पनि काम चल्छ l आफु पनि यहि वर्गमा परे l अनि लामो शब्द र किल्स्ट शब्द प्रयोग गरे भने पुन एक पटक दोहोर्याउनु त कृपया भन्ने धेरै पटक गरिन्छ l

अब यो उमेर अंग्रेजी धुमधाम सिकेर हार्भर्ड तथा क्याम्ब्रिज जाने हैन क्यारे l लोक सेवा आयोगमा भिड्न जाने पनि हैन क्यारे l ज्याद्रो अंग्रेजी भाषामा पण्डित हुन् मन लागेता पनि आफ्नो कर्ममा अंग्रेजी भाषा नलेखेको रहेछ l अब यता पटी नलागी खुरुक्क नेपाली भाषाको जननी संस्कृत पो सिक्न र कक्षा लिने भैयो l

आखिरमा अमेरिकामा बहुभाषाको ज्ञान छ भने जागिर पनि छिट्टै पाइने हुन्छ l अब कसैको बहावमा नलागी अमेरिकामा नेपालीहरुको नाक राख्ने गरि संस्कृत भाषा तर्फ लाग्ने निर्णय एक गरे ,दुई गरे ,तीन गरे l

दुई कारणले संस्कृतमा होमिने भैयौ l पहिलो ,२० बर्ष देखि नेपाली मुलका मान्छे संग केवल बिसुद्ध नेपालीमा बोल्ने अभियानमा लागेकोले संस्कृतमा पण्डित हुन् सके अझ मेरो नेपाली उत्तम हुनेछ भन्ने लागेकोले अंग्रेजीलाई किनारा लगाउदै संस्कृतमा प्रवेस गर्ने निर्णय गरे l अर्को आफु डिसी महानगर क्षेत्रको भर्जिनियाको राजधानी मन्दिर घर बाट एकदम नजिक भएकोले मन्दिरमा संस्कृतको प्रयोग हुने र संस्कृत कक्षा पनि संचालनमा आई रहने भएकोले यस्तो युगान्तकारी निर्णय गरेको छु l

बालककालमा संस्कृत घोकेकै हो ? अनि किन डराउनु ? यसै भएन उसै भएन l अहम गृहम गच्छामी l अंग्रेजीलाई बिदा संस्कृतलाई स्वागतम l अब हैट अंग्रेजी !

तस्बिर सौजन्य :बिमल नेपाल ,बोस्टन 

प्रतिक्रिया