शनिबार, असोज ३० २०७८
काठमाडौं २३:३५
वासिङटन डिसी 13:50

सामाजिक संस्था “नारायणस्थान समाजिक सेवा प्रतिष्ठान “को औपचारिक घोषणा भयो -प्रकाश श्रेष्ठ , अमेरिका

इनेप्लिज २०७२ चैत १९ गते १४:१३ मा प्रकाशित

आफु जन्मेको, हुर्केका, बढेको, पढेको गाउँ-ठाउँलाई सधै माया गर्नु पर्छ भन्ने अभिप्रायले नारायणस्थान, बलेवा, बाग्लुङमा जन्मेर स्वदेशमा तथा विदेशमा विभिन्न पेशा, व्यवसाय, अध्ययन, रोजगारीमा संलग्न सबै व्यक्तीहरुलाई एकशुत्रमा बाँधेर समाज सेवामा सपर्पित गर्नको लागी आवस्यक पहल भएको छ । स्वदेश तथा विदेशमा रहेका नारायणस्थानवासीहरुमा विभिन्न माध्यमबाट सम्पर्क स्थापित गरि आपसमा छलफल र सरसल्लाहबाट सबै मिलेर गाउँका सबै सामाजिक सेवाहरुलाई सबैको पहुँच र सर्वसुलभतामा उपलब्ध गराउने सहमती भए अनुरुप एउटा सामाजिक संस्था स्थापना गरि अघि बढ्ने टुंगोमा पुगी संस्था स्थापनाको प्राम्भिक प्रकृया अघि बढिरहेको छ । यस संस्थाले मुलत: शिक्षा, स्वास्थ्य , सरसफाई, खानेपानी , सडकयातायात , खेलकुद लगायत समाजका अत्यावश्यक सामाजिक सेवा र सुविधालाई प्राथमिकताको आधारमा कार्यलाई अगाडी बढाउने छ ।
सामाजिक सेवामा जनस्तरबाटै व्यापक सहभागितामा सबै मिलेर स्वदेश तथा विदेशमा निश्चित संजालमा आवद्ध भएर संस्थालाई व्यवस्थितरुपमा अगाडी बढाउने प्रतिबद्धता सहित सामाजिक सेवामा लाग्ने प्रतिवद्धता रहेको संस्था स्थापनाको लागी प्रारम्भिक कार्यमा खटिएका स्वदेश तथा विदेशमा रहेका नारायणस्थानका सामाजिक अभियान्ताहरुबाट जानकारी प्राप्त भएको छ । यस संस्थामा आवद्ध हुनेहरुले बर्षको कम्तीमा एक दिनको कमाई नियमित रुपमा संस्थाको कोषमा जम्मा गर्ने प्रावधान समेत राख्ने मोटामोटी सहमती भएको र संस्थालाई अन्य क्षेत्रबाट प्राप्त सहयोगलाई समेत आर्थिक आयको रुपमा ग्रहण गरि कोषलाई व्यवस्थित गर्दै संकलित रकमलाई स्पस्ट योजना बनाएर परिणाममुखी लक्ष्य प्राप्तीका लागी प्रथामिकता क्रम निर्धारण गरेर काम गर्ने पनि बताईएको छ । नारायणस्थानमा संचालित सबै सामाजिक संस्थाहरुसँग समन्वय गर्दै नारायणस्थानको एकिकृतरुपमा सामाजिक क्षेत्रको विकासमा नयाँ ढंगबाट लाग्ने र उक्त स्थानमा देखिएका र सर्वसाधारणको सरोकार रहेको अति महत्वपुर्ण क्षेत्रमा संस्था संचालन हुँदा वित्तिकै तत्काल समस्या समाधन गर्न उपयुक्त परियोजना संचालन गर्ने , स्वरोजगार सृजना गर्न आवस्यक प्राविधिक तालिमहरु संचालन गर्ने लगायत शैक्षिक गुणस्तर कायम गर्न आवस्यक कदम चाल्ने, स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सुविधासम्पन अस्पताल निर्माणका लागी आवस्यक पहल गर्ने , विगत दुई दशक देखि संचालनमा नआएको एर्पोर्टलाई संचालन गर्न आवस्यक पहल गर्ने लगायत थुप्रै कार्य गर्ने महत्वकांक्षी योजनाहरु रहेको कुराहरु पनि बुझिएको छ ।
यसै सन्दर्भमा विगत केही समय देखि जापानमा रोजगारीमा रहनु भएका बलेवा सेवा समाज जापानका महासचिव कृष्ण पौडेलले जानकारी दिए अनुसार ” नारायणस्थान समाजिक सेवा प्रतिष्ठान ” नामक संस्था स्थापना का लागी नेपालमा मुल कार्य समिती र प्रवासमा समेत प्रवास समिती गठन भएको जानकारी प्राप्त भएको छ । जसलाई यस अनुसार उल्लेख गरिएको छ :
( कृष्ण पौडेलबाट जारी प्रेस नोटलाई जस्ताको त्यस्तै उल्लेख गरिएको छ )

आदरणीय नारायणस्थानबासी बुबा-आमा, दाज्युभाई तथा दिदिबहिनिहरु,
नारायणस्थानको चौतर्फी बिकासका लागि स्वदेशमा बस्ने र बिदेशमा बस्ने नारायणस्थानबासीहरुको संगठित रुपले समाज सेवाका खातिर बृहत रुपधारणा गरेको छ ! सामाजिक संजाल फेसबुकको ग्रुप चाटमा गरिएको ब्यापक छलफलले सामाजिक दायित्त्व बहन गर्ने दरिलो सम्झौता स्वरूप *नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान* को सांगठानिक नाम सुत्रपात गरेको छ ! यस प्रतिष्ठानको फराकिलो दायरा भित्र रही एक स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक मानसिकताले ओतप्रोत भई परोपकारी गतिविधिहरु संचालन गर्न मूलकार्यसमिति देसमा र प्रबास कमिटि बिदेसमा निर्माण भएको जानाकारी गराइन्छ !
नाम-“नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान”
मूलनारा- “समृद्द समाजको चाहना – सम्पूर्ण नारायणस्थानबासीहरुको कामना”
उद्देश्य- “सामाजिक सेवा”

“नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान” को मूल कार्यसमिति,

१, अध्यक्ष- भरत पौडेल, नारायणस्थान-८, कैया
२, उपाध्यक्ष- नकुल ढकाल, नारायणस्थान-६, ठुलाखोर
३, सचिब- आशिष सुबेदी, नारायणस्थान-७, अर्माह
४, सहसचिब- डिलु बिक, नारायणस्थान-४ चौर
५, कोषाध्यक्ष-डिल्लीराम सुबेदी, नारायणस्थान-८, गार्लुंग
सदस्यहरु-
६, राजेन्द्र ढकाल, नारायणस्थान-९, कैया
७, जमुना श्रेष्ठ, नारायणस्थान-६, ठुलाखोर
८, रेशमलाल शर्मा, नारायणस्थान-७, अर्माह
९, भोजेन्द्र बहादुर बस्नेत, नारायणस्थान-१, नेपाने
१०, सुरेश सिके, नारायणस्थान-२, चौर
११, महेन्द्र शर्मा, नारायणस्थान-८, गार्लुंग
१२ राम बहादुर खड्का, नारायणस्थान-३ चौर

सल्लाहकारहरु-

१,
२,

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान को प्रबास कमिटि,

१, अध्यक्ष- कृष्ण पौडेल (सेबक) नारायणस्थान कैया, हाल जापान
२, बरिष्ठ उपाध्यक्ष- नरेश शर्मा, नारायणस्थान कोल्पाटा, हाल कत्तार
३, उपाध्यक्ष- कृष्ण जिसी, नारायणस्थान चौर, हाल अमेरिका
४, सचिब- रामचन्द्र सुबेदी, नारायणस्थान अर्माह,हाल कत्तार
५, सहसचिब- दयाराम सुबेदी, नारायणस्थान अर्माह, हाल जापान
६, कोषाध्यक्ष- प्रविन कुमार खत्री, नारायणस्थान चौर, हाल बहराइन
सदस्यहरु-
७, राम जिसी, नारायणस्थान चौर, हाल कत्तार
८, टुकनाथ सहयोगी, नारायणस्थान अर्माह, हाल साउदी अरब
९, थान बहादुर क्षेत्रि, नारायणस्थान गार्लुंग, हाल भारत
१०, सन्तोष सुबेदी, नारायणस्थान कैया, हाल कोरिया
११, बुद्दी खड़का, नारायणस्थान नेपाने, हाल बेल्जियम
१२, मंजू खड़का, नारायणस्थान नेपाने, हाल बेल्जियम
१३, दिनेश पौडेल, नारायणस्थान कैया, हाल स्पेन
१४, आनन्द शर्मा, नारायणस्थान कोल्पाटा, हाल भारत
१५, मिन बहादुर बोहरा, नारायणस्थान कोल्पाटा, हाल मकाउ
१६, प्रदिप पौडेल, नारायणस्थान कैया, हाल कुवेत
१७, मेख बहादुर हरिजन, नारायणस्थान केटीचौर, हाल कोरिया
१८, लोकेन्द्र शर्मा, नारायणस्थान अर्माह, हाल डेनमार्क
१९, केशब खड्का, नारायणस्थान चौर, हाल नेदरल्याण्ड
२०, हेम खड्का, नारायणस्थान नेपाने, हाल दुबई
२१, चन्द्र खत्री, नारायणस्थान चौर, हाल अस्ट्रेलिया
२२, नारायण सुबेदी, नारायणस्थान गार्लूँग, हाल न्युजिल्याण्ड
२३, सुरेन्द्र ढकाल, नारायणस्थान कैया, हाल क्यानाडा
२४, हरि खड्का, नारायणस्थान चौर, हाल पोर्तुगल

सल्लाहकारहरु,
1, बरिष्ठ सल्लाहकार- प्रभात पौड़ेल, नारायणस्थान कैया, हाल पोर्चुगल
2, सल्लाहकार- धन बहादुर खत्री, नारायणस्थान चौर, हाल अमेरिका
3, सल्लाहकार- केदार शर्मा, नारायणस्थान कैया, हाल कत्तार
4, सल्लाहकार- गणेश खड्का, नारायणस्थान चौर, हाल मलेसिया
5, सल्लाहकार- खगेन्द्र रेग्मी, नारायणस्थान कोल्पाटा, हाल कोरिया
6, सल्लाहकार दयाराम सुबेदी, नारायणस्थान गेउसी, हाल पोर्तुगल

1, प्रधान संरक्षक- प्रकास श्रेष्ठ, नारायणस्थान ठुलाखोर, हाल अमेरीका

नीति निर्माण नहुने बेलासम्म ध्यानदिनु पर्ने कुराहरू-

* “नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान” को सम्पर्क समिति नारायणस्थानबासीहरु रहेका देसहरुमा खोल्ने ! सम्पर्क समितिले प्रबास कमिटीलाई र प्रबास कमिटीले नेपालको मुलकार्यसमिति संग हातेमालो गर्दै उद्देश्य साकार पार्ने महान दिशामा निरन्तर क्रियाशील रहने गरि ३ तहको अबधारणा ल्याइएको छ ! जहाँसम्म यो धारणाले सबैलाई समेट्न मद्दत पुग्नेछ !
* मूलकार्य समिति र प्रबास कमिटि बनिसकेपछि प्रबास कमिटीमा रहनु भएका हरेक देसका पदाधिकारी अथवा सदस्यहरु र सल्लाहकारहरु अथवा प्रधान संरक्षकको पहलकदमीमा सम्पर्क समिति निर्माणका साथ आर्थिक संकलन अभियानलाई गतिशिलता दिने ! सम्पर्क समितिमा प्रबास कमिटीमा रहेको व्यक्ति रहने छैन !
* “नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान” को अहिलेको अभियानले प्रथमत शिक्षाका लागि बर्षको १ दिनको कमाई सहयोग स्वरूप प्रदान गर्न ताकेदा गरेको सन्दर्भमा नारायणस्थानको पुरानो स्कुल जनता धन उच्च माध्यामिक बिद्यालयमा अध्यन गरेका भुतपुर्ब बिद्यार्थीहरु, नारायणस्थानको गणेश माध्यामिक बिद्यालयका भुतपुर्ब बिद्यार्थीहरु र यो अभियानलाई माया गर्ने जो कोहि मनकारीहरु बाट प्राप्त सहयोगलाई हार्दिकतापुर्बक ग्रहण गर्नेछ !
* “नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान” लाई दीर्घकालीनरुपमा संचालन गर्नको लागि नेपालमा बनेको मुलकार्यसमिति र बिधान बनाई नेपाल सरकारको संस्था दर्ता निकायमा दर्ता गरि बिधान बमोजिम मुलकार्यसमिति, प्रबास कमिटि र सम्पर्क समितिका काम कारवाहीहरु संचालित हुनेछन !
* यो संस्थाको मुख्य भनाइ रहेको छ, हामीले नगरे कसले गर्ने ? यहि भनाइलाई आत्मसात गर्दै संस्थाको उद्देश्य प्राप्तिमा सबै जुटौं, सबै मिलौं, सबै गरौँ ! पद ठुलो कुरा होइन, मन ठुलो कुरा हो ! सदैब मन प्रयोग गरौँ, यो नै समाजसेवीको प्रमुख गहना हो !
धन्यवाद !

प्रतिक्रिया