डिसीमा हुने आनी छोइङको प्रस्तुतिले आयोजक तथा दर्शक उत्साहित

इनेप्लिज २०७२ चैत १९ गते १:३५ मा प्रकाशित

aani-gayikaa

प्रख्यात गायिका आनी छोइङको संगीत प्रस्तुति हुन् केवल दुई दिन बाकि मात्र रहेको छ l वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने छ l

आयोजक स्वयम उत्साहित भएका छन् भने लामो समय देखि यस भेकमा रहेका नेपाली समुदाय पनि आनीको कार्यक्रम हेर्न लालायित छ l दर्शक धैर्यताको साथ कार्यक्रम छिट्टै आई दिए हुन्छ भनि प्रतिक्षा गरि रहेका छन् l

आयोजकका स्वयम् सेवकहरु निकै उत्प्रेरित रहेका छन भने कार्यक्रममा कमि कमजोरीलाई निस्तेज बनाउदै अहोरात्र खटिई रहेको बुझिएको छ l आफु र परिवार सहित स्थान धमाधम आरक्षण गर्ने क्रम निरन्तर बढी रहेको र अन्य राज्यहरुबाट पनि आनी छोइङ्गको मन्त्रमुग्ध स्वर सुन्न आउने भएको आयोजकको तर्फबाट सुरेश सापकोटाले बताए l

सापकोटाले अगाडी भने कार्यक्रमको मूल द्वार ६ बजे साँझ खोलिने छ भन्दै कार्यक्रम ठिक ७ बजे सुरु हुने बताए l सबै दर्शकलाई ७ बजे भन्दा अगाडी भित्र पस्नु हुन् आग्रह गर्दै यसै बाट संदेश दिन चाहेको बताए l

सुमधुर स्वरकि धनि आनी छोइङ डोल्माले हिमाली बौद्ध मन्त्र ,भजन तथा आध्यात्मिक गीत सुनाउने छिन् l आनीका अन्य लोकप्रिय गितहरु भगवान म कहाँ जाउ ,भगवान तिम्रो ,ईक्षा मेरो आदि पनि गीत रहेका छन् तर फुलको आँखामा फूलै संसार अत्यन्तै लोकप्रिय मानिन्छ l

नेपालीहरुको अति मन पर्ने खाजा तथा खाना स्वरुप मम तथा अन्य खाद्य सामग्रीहरु पनि कार्यक्रममा स-शुल्क उपलब्ध गराईने भएको जानकारी सापकोटाले दिएका छन् l

ANI-poster-DC-768x987

प्रतिक्रिया