नायिकासँग ५० लाख मागेर यसरी गरियो बेइज्जती

इनेप्लिज २०७२ चैत १८ गते १३:०० मा प्रकाशित

alisa5_1459279863

ब्वायफ्रेन्डका कारण बलिउड अभिनेत्री अलीसा खानलाई घरमा कैद हुनु परेको समाचार बाहिरिएको छ । त्यति मात्रै होइन उनले सामाजिक बेइज्जती पनि बेहोर्नु परेको छ । गाजियाबादमा रहेका एक्स ब्वायफ्रेन्डले विभिन्न धम्की दिएर हैरान भएपछि अभिनेत्री अलीसा घरबाट बाहिर नआएकी हुन् । उनीलाई ती व्यक्तिले अश्लील धम्की पनि दिने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । धम्की आएपछि अलीसाले प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले अलीसाका पूर्व व्वायफ्रेन्डसलाई खोजी गरिरहेको छ । अलीसा गाजियाबाद बसाल्ने नवाब गाजीयाउद्दीनकी वंशज पनि हुन् । १८ मार्चमा अलीसाका एक्स ब्वायफ्रेन्डले ५० लाख रुपियाको माग गरेका थिए । पैसा नदिए अलीसासँगको पर्सनल भिडियो सोशल साइटबाट सार्वजनिक गर्ने धम्की दिएका थिए । त्यसपछि एक्स ब्वायफ्रेन्डले अलीसाको पर्सनल भिडियो ह्वाट्स एपमा हालिदिएका थिए । भिडियो सामाजिक सञ्जालहरूमा भाईरल बनेको थियो । एजेन्सी

प्रतिक्रिया