आइतबार, असार ६ २०७८
काठमाडौं ०३:२३
वासिङटन डिसी 17:38

वाणिज्य सङ्घ मोरङको अध्यक्षमा दाहाल

इनेप्लिज २०७२ चैत १५ गते १२:१५ मा प्रकाशित

पथरी (मोरङ), १५ चैत । नेकपा (एमाले) सम्बद्ध उद्योगी व्यवसायीको सङ्गठन ‘नेपाल राष्ट्रिय वाणिज्य सङ्घ’ मोरङको प्रथम जिल्ला अधिवेशन आइतबार बेलुका विराटनगरमा सम्पन्न भएको छ ।

धु्रव दाहालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । समितिका तीनजना उपाध्यक्षमा देशबन्धु ढकाल, कमल कोइराला र माधवराज थापा चयन हुनुभएको छ । समितिका सचिवमा चेतन निरौला र सहसचिवमा श्रीप्रसाद शुक्ला चुनिनुभएको छ भने कोषाध्यक्षमा झुमा पोखरेल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा विराटनगर उपमहानगरपालिकाबाट पदम श्रेष्ठ, सुरज बुढाथोकी र डा उमेश रिजाल छानिनुभएको छ भने उर्लाबारी नगरपालिका क्षेत्रबाट खेमराज कार्की र भूपाल रायमाझी चयन हुनुभएको छ ।

रङ्गेली नगरपालिकाबाट चैतन्य देवदास र दिलीपराज कुर्मी, लेटाङ भोगटेनी नगरपालिकाबाट विनोदकुमार सुवेदी र विष्णुकुमार श्रेष्ठ रहनुभएको छ । त्यसैगरी कोसी हरैंचा नगरपालिकाबाट गणेश ढकाल र भीम रसाइली, सुन्दर दुलारीबाट विजय पौडेल र लोकमणि ओझा छानिनुभएको छ भने बेलबारीबाट हेमन्त सुवेदी सदस्यमा चयन हुनुभएको छ । उता पथरी शनिश्चरे नगरपालिकाबाट वीरबहादुर घिमिरे र ओमप्रकाश लिम्बूलाई सदस्यमा चयन गरिएको छ ।

समितिको समावेशी सदस्यमा प्रदीप अग्रवाल र महिला सदस्यमा राधिका अधिकारी छानिनुभएको नवनिर्वाचित सचिव चेतन निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया