अमेरिकाको सानफ्रान्सिस्कोमा पत्रकार भेटघाट तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ चैत १४ गते २०:०७ मा प्रकाशित

Untitled

नेपाल अमेरिका पत्रकार संघ, नेजाको पाँचौ अधिवेसनलाई लक्षित सदस्यता वितरण कार्यक्रम अन्तर्गत मार्च २७ गते शनिवारका दिन क्यालिफोर्नियाको सानफ्रान्सिस्को स्थित अर्वान करीमा पत्रकार भेटघाट तथा सदस्यता वितरन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा यहाँ स्थित दर्जनवढि पत्रकारहरुले भाग लिएका थिए । नेजाका क्षेत्रिय संयोजक जाडवु शेर्पाले संयोजन गरेको उक्त कार्यक्रममा भाग लिन सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेजाका महासचिव भोला आचार्य न्युयोर्कबाट आउनुभएको थियो । समितिका संयोजक एवं महासचिव आचार्यले यहाँ स्थित पत्रकारहरुमाझ संस्थाको मुल्य मान्यता र संस्थाले हालसम्म गरेका कार्यक्रमहरुको बारेमा प्रकास पार्दै पेशागत संगठनको गरिमालाई माथी उठाउन सवैलाई सहभागिताको खाँचो रहेको वताउनुभएको थियो । संस्थामा नेपाल स्थित पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघसँग मिलेर पुरस्कार वितरण, विभिन्न तालिम संन्चालन, आर्थिक सहयोग लगायतका कार्यक्रमहरुमा सहभागिता जनाउदै आएको उहाँले वताउनुभयो । पत्रकारिता पेशामा संलग्न सवैलाई सदस्यता लिई संस्थाको आगामी मे महिनाको ७ र ८ मा हुन गैरहेको पाँचौ महाधिवेसनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सहभागिता जनाईदिन समेत आग्रह गर्नुभएको थियो ।

Untitled
कार्यक्रममा क्षेत्रिय संयोजक जाडवु शेर्पाले आफ्नो क्षेत्रमा नेजाको पाँचौ अधिवेशन हुन गैरहेकोले आफु निकै उत्साहित भएको वताउदै यस क्षेत्रका पत्रकारहरुले आगामी अधिवेसनलाई महत्वका साथ हेरिरहेको जानकारी दिनुभयो । उहाँले नेजा पत्रकारितामा लागेका र लाग्न चाहने पेशाकर्मीहरुको परिचय भएकोले सवैमिली यसलाई माथी उठाउनुपर्ने वताउनुभयो ।

Untitled
कार्यक्रममा पूर्व कान्तिपुरकर्मी एवं पत्रकार तोया दाहालले नेजाले प्रवासमा वस्ने नेपाली पत्रकारहरुको साझा आवाजलाई प्रतिनिधित्वको गर्ने भएकोले पेशाकर्मीहरुले संस्थाको सहि र व्यवसायिक प्रतिनिधित्व गराउनुपर्ने विचार राख्नुभयो । त्यसैगरी नेपाल पत्रकार महॉसंघका पूर्व केन्द्रीय सदस्य एवं पूर्व च्यानल नेपालकर्मी संजय घीमीरेले अमेरिकाको स्टेट डिपार्टमेन्टमा आयोजना हुने प्रेश कन्फरेन्समा नेपाली पत्रकारहरुले पहुँच पुर्याउनुपर्ने वताउदै त्यसमा पेशागतरुपमा नेजाले भूमिका खेल्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा एनआरएन अमेरिकाका मिडिया कोर्डिनेटरद्धय कृष्ण केसी पूर्व र सवज्ञ वाग्ले वर्तमान, पूर्व कान्तिुपुरकर्मीहरु योगेस राज खतिवडा, शिला पाण्डे, हिमालय टाईम्सका दिपक प्रसाद अधिकारीको उपश्थिति रहेको थियो । त्यसैगरी धु्रव कुँवर, संदिप चौधरी, शिव नेपाल, प्रेम परियार, पवन पौडेल, रोहित क्षेत्री, पदम राज पौडेल, तारा रावल, एम कँवरको उपश्थिति रहेको थियो ।
स्मरणिय रहोस, नेजाको नयाँ सदस्यता तथा नविकरणको लागि आवेदन दिने अन्तिम म्याद अप्रिल ३ तारिखसम्म छ । सदस्यता शुल्क / नविकरण शुल्क : ५० डलर नयाँ सदस्य : ५० डलर ( दुई वर्षका लागि ) तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल गर्न सक्नुहुनेछ । नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल … मार्फत तिर्न सक्नुहुनेछ । अर्थात
BANK OF AMERICA (बैंक अफ अमेरिका)
BANK ACCOUNT (CHECKING) 446030153400
ACCOUNT NAME: NEPAL AMERICA JOURNALISTS’ ASSOCIATION
मा जम्मा गर्न सक्नुहुनेछ ।
भोला आचार्य
महासचिव, नेजा

प्रतिक्रिया