नयाँ शक्तिमा लागेकी करिस्मा मानन्धरलाई कसले रुवायो ?

इनेप्लिज २०७२ चैत १३ गते १७:३९ मा प्रकाशित

Karishma-Nanandhar

काठमाडौँ । बौद्धिक अपाङ्गताअन्तर्गत ‘डाउन सिन्ड्रोम’ भएका बालबालिका रङ्गीचङ्गी कपडा लगाएर मञ्चमा नाच्दा उनीहरुको नृत्य हेर्न पुगेका दर्शक भावविह्वल भएका थिए । एघारौँ विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा डाउन सिन्ड्रोमपीडित बालबालिकाले आफूमा भएको नृत्य क्षमता देखाउँदा उनीहरु अन्य सामान्य बालबालिकाभन्दा कम देखिएका थिएनन् । उक्त कार्यक्रममा प्रमुख अथितिका नायिका करिस्मा मानन्धरसमेत उनीहरुको नृत्य हेरेर भावविह्वल हुँदै रुन पुग्नुभयो । “मलाई कहिल्यै पनि अपाङ्गता भन्ने चिज हुन्छ भन्ने नै लाग्दैनथ्यो”, उहाँले भन्नुभयो – “मलाई उहाँहरुको नाच देख्दा अपाङ्गता छ भन्ने नै लागेन । त्यसरी नाचेको देख्दा म तीनपटक रोएँ ।” उहाँले अपाङ्गता भएकाहरुका लागि प्रत्येक नागरिकले एक रुपैयाँमात्र सहयोग गरे पनि धेरै हुने भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । डाउन सिन्ड्रोम समाजकी अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम भएका बालबालिकाको कला क्षेत्रमा लगाव र प्रतिभा भएकाले उनीहरुलाई कला क्षेत्रमा अवसर दिनुपर्ने बताउनुभयो । संस्थाले यस्ता बालबालिकाका लागि अक्षयकोष स्थापना गरेकाले यसमा सरकारले पनि सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा डाउन सिन्ड्रोमपीडित बालबालिका कति छन् भन्ने यकिन तथ्याङ्क नभए पनि संस्थामा आबद्ध सदस्यका आधारमा करिब ५०० बालबालिका छन् । रासस

प्रतिक्रिया