बिहीबार, असार १० २०७८
काठमाडौं १२:४६
वासिङटन डिसी 03:01

सरकारमा काँग्रेस आवश्यक: उपप्रधानमन्त्री मैनाली

इनेप्लिज २०७२ चैत १३ गते ११:५५ मा प्रकाशित

Cp-Mainaliविराटनगर, १३ चैत । उपप्रधान तथा महिला बालबालिका मन्त्री चन्द्रप्रकाश मैनालीले नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्ने उद्देश्यका साथ प्रधानमन्त्रीको चीन भ्रमण भएको बताउनुभएको छ ।

भ्रमणलाई कसैको विरुद्ध नसम्झिन आग्रह गर्दै आज विराटनगरमा सञ्चारकर्मीसँग उहाँले भारतीय राजदूतले मधेसवादी दलका नेतालाई बोलाएर विचारविमर्श गर्नु कूटनीतिक मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री मैनालीले संविधान कार्यान्वयन अहिले चुनौतीपूर्ण रहेकाले सरकारमा नेपाली काँग्रेसको सहभागिता आवश्यक भएको धारणा राख्नुभयो ।

सरकारमा सहभागिता नभएको अवस्थामा सरकार ढाल्ने खेलमा नलाग्न काँग्रेसलाई सुझाव दिँदै उहाँले सरकारको आलोपालो नेतृत्व गर्ने कुरा आवश्यक नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया