बाल्टिमोरमा प्रेम गीत प्रदर्शन हुँदै

इनेप्लिज २०७२ चैत १२ गते १०:०९ मा प्रकाशित

Prem Geet (3)

बाल्टिमोर,अमेरिका,मार्च २५ | अहिले चर्चामा रहेको नेपाली चलचित्र ‘प्रेम गीत’ बाल्टिमोरमा प्रदर्शन हुने भएको छ | आगामी अप्रिल १० तारिख आइतवार साँझ ‘प्रेम गीत’बाल्टिमोर आसपासका नेपाली चलचित्रप्रेमी दर्शकहरुका लागि प्रदर्शन गर्न लागिएको फिल्म प्रदर्शनको संयोजन गरिरहेका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,मेरिल्याण्ड च्याप्टरका अध्यक्ष भरत बराइलीले जानकारी दिनु भएको छ | च्याप्टरको सहयोगार्थ यो चलचित्र प्रदर्शन गर्न लागिएको भन्दै बराइलीले अप्रिल १० तारिख आइतवार साँझ मोर्गन स्टेट युनिभर्सिटीको हलमा फिल्म प्रदर्शन गरिने बताएका छन् |

Prem Geet (1)
यो चलचित्रको’म यस्तो गीत गाउँछु’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ | हाँसो र मनोरन्जनको संगम रहेको’प्रेम गीत’युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको छ | यस अघि’मेरो एउटा साथी छ’निर्देशन गरेका युवा निर्देशक सुदर्शन थापाले’प्रेम गीत’;लाई निर्देशन गरेका छन् | चलचित्रमा गत वर्ष मात्र अमेरिकाबाट नेपाल फर्किएका अभिनेता सरोज खनालको अभिनय हेर्न पाइनेछ |

Prem Geet (2) खनालका अतिरिक्त यस चलचित्रमा नयाँ अनुहारमा प्रदिप खड्का, पुजा शर्मासहित लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ | सन्तोष सेनले निर्माण गरेको’प्रेम गीत’को छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएको छ l अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रको गीतमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतले स्वर दिएका छन् | ‘प्रेम गीत’ नेपालमा बनेका चलचित्रहरु मध्ये दोस्रो महँगो चलचित्र भएको निर्माण पक्षको दावी छ |

Prem Geet (4)
‘प्रेम गीत’लाई अमेरिकामा प्रदर्शनका लागि अभिनेता सरोज खनाल स्वयम् आउदैछन् | बाल्टिमोर बाहेक सन् फ्रान्सिस्को, लस एञ्जलस,ओहायो,क्यानडा,टेक्सास,एटलान्टा,कोलोराडो, न्यूयोर्क,बोष्टन,भर्जिनिया लगायतका शहरमा यो चलचित्र प्रदर्शन हुनेछ |लगायतका शहरमा पनि यो चलचित्र प्रदर्शन गर्ने जानकारी अभिनेता खनालले दिएका छन् |

Prem Geet (5)‘हो,म आफैं यो चलचित्र लिएर आउदैछु | विशेष गरी म बाल्टिमोरवासी मेरा सबै चिरपरिचित साथीभाई,इष्टमित्र र शुभेच्छुकहरुसंगै बसेर ‘प्रेम गीत’ हेर्नका लागि निकै उत्साहित छु | बाल्टिमोरवासी नेपाली चलचित्रप्रेमी मेरा सबै चिरपरिचित मित्र एवं अग्रजहरुलाई ‘प्रेम गीत’को प्रदर्शनमा सहभागी भैदिनु हुन अनुरोध गर्दछु’बाल्टिमोरमा लामो समय बसेका अभिनेता सरोज खनालले फेसबुक च्याटमा भने |
बाल्टिमोरमा हुने प्रदर्शनका लागि प्रति टिकट १५ डलर शुल्क निर्धारण गरिएको छ |
टिकटका लागि सम्पर्क:
भरत बराइली ४४३ ५२७ ३५५८
पूजा लामा (चन्द) ४४३ ३१० ७३९९
मधुकर अधिकारी ९१७ ४१२ ६९१५
गोविन्द विष्ट ४४३ ४५३ ७०२२
लिलुमाया गुरुङ ४४३ ५४० २००८
सन्दीप कोइराला ४४३ ७३९ ३५५६
तिर्थराज पाण्डेय ४४३ ४४९ ३६६७

प्रतिक्रिया