आफुले लेखेका लेख या समाचारमा किन नेपाङ्ग्रेजिको नामोनिशाना हुदैन ?

इनेप्लिज २०७२ चैत ११ गते १:१८ मा प्रकाशित

bijay

नेपाली बोल्दा आधा भन्दा ज्यादा अंग्रेजी घुसाएर बोलिएको छ भने त्यो नेपाङ्ग्रेजि भाषा बनेको बुझिन्छ l कुनै समय यस्तो थियो जहाँ यो पंक्तिकार उनान्सय प्रतिसत नेपाली मुलका मानिस संग अंग्रेजी मिसाएर बोल्न औधि गर्व लाग्दथ्यो l

अंग्रेजी मकै भुटे जस्तो गरि बोल्यो भने सामाजिक प्रतिष्ठा नै अर्को हुन्थ्यो l निकै अघिको कुरा हो एक ब्यक्तिले एक मन्त्रालयमा नेपाली अधिकृत संग धारा प्रभाव संग अंग्रेजी बोले र उनको काम मन्त्रालय बाट तु भयो l आफु प्रतक्ष्यदर्शी हुने मौका पाए l

यी कुरा उहिलेका कुरा खुईले भए l अमेरिकामा समेत नेपाली मुलका मानिस संग आफुले अंग्रेजी कहिले बोल्ने गरेंको छैन र पंक्तिकारले चलाएको एक अभियान पनि हो l

संचारकर्मी तथा कलम चलाई रहने लेखकको हैसियतले समाचार बनाउदा या लेख्दा शत प्रतिसत नेपाली भाषाका शब्द प्रयोग गर्ने कोसिस हुन्छ l यो क्रम निरन्तर छ l पत्रकारिता पेशालाई नै चुनौती भएको छ l पत्रकारितामा सरल ,चलनचल्ती ,पाठकले बुझ्ने ,जन जिब्रोमा आएका ,पत्रकारिताका भाषा तथा नेपाली भाषामा स्थापित भएका शब्दहरु प्रयोग गर्नु पर्ने दायित्व रहन्छ l मेरो गोरुको बार्है टक्का भन्ने पत्रकारितामा चल्दैन l

तर अहिलेका संचारकर्मी या संचार माध्यमले त्यसको सिमा पनि नाघेको देखिन्छ l लेख या संचार समयको अभाव या सोध खोज गर्न समय खर्चिन नचाहेर होला अत्यधिक नेपाली जोड अंग्रेजी नेपाङ्ग्रेजि मिसिएको देख्छौ l यसरि नै स्वदेश ,देश बिदेशमा छरिएर रहेका पत्रकारहरुले काम चलाई रहेका पनि हुन्छन l

तर पाठकले पढी दिन्छन l तर यस्ता समाचार र लेख मा अति भए नेपालीमा लेखेर अंग्रेजी मिसाईएको हो या अंग्रेजीमा नेपाली मिसाईएको जस्तो हुन् जान्छ l राष्ट्रिय स्तरका सबै पत्र पत्रिकामा यस्ता समस्या छन् lनेपाली भाषामा संचालनमा रहेको पत्रिकाले नेपालीमा मात्र लेख्नु पर्छ l तर त्यसो भै दिदैन र लेखिदैन l

नेपाली भाषाका लेख या समाचारमा यस्ता लेखिएको देखिएको छ : जी पी कोइराला सेफ्टी ल्याण्डको सर्चमा , पिपुलले डेमोक्रेसी सेभ गर्नु पर्छ ,नेपाली क्रिकेट टोलिले स्कोर ल्याउन नसक्दा मेनेजर फायर l आमा बुवालाई टेन्सनले ब्लड प्रेसर , ब्रेनको मेडिसिनको सर्च ,प्राइम मिनिस्टरले स्टेडियम इनअगुरेसन गर्ने ,जनताले रेस्पिंसीबिलिटी टेक गर्नु पर्ने , कम्पुटरको सेल मा १ मिलियन रिसिव , ट्याक्स मा फ्रड़ ,ग्यांग फाईट मा युवा केटा सिरियस आदि ईत्यादी उदाहरण मात्र प्रस्तुत गर्ने जमर्को गरेको छु l पाठकले आफै कति नेपाली र कति अंग्रेजी को प्रयोग छ भन्ने बुझ्नु हुनेछ l

एकछिन मनन गरौ यस्तै हुदै जाने हो भने आधा नेपाली र आधा अंग्रेजीको मिसावट लेख या समाचारमा भै रहेको छ l यस्तो लेखाई को बिरोध या आपत्ति गर्न खोजेको हैन l यस्ता लेखेका लेखहरु मात्र चल्छन भन्ने होइन l नेपालीमा लेखिएको मात्र भए पाठकले पद्दैनन भन्ने कदापी हैन l धेरै पत्रकार मित्र ,साथीभाई ,हितैसी ,वरिष्ठ ,कनिष्ठ ,शुभचिन्तक सबैले पत्रकरिताको भाषा प्रयोग गर्न सुझाब ,सल्लाह ,मार्ग दर्शन पटक पटक पाएको छु l

तर सुन्ने अरुको तर निर्णय आफुले गर्नु पर्ने हुनाले एक परिक्षणको रुपमा बिगत ५ बर्ष देखि बिशुद्ध नेपालीमा मात्र लेख्ने प्रयास गरे l निरासा हुनु परेन l उत्साहजनक परिणाम पाए l यसरि बिसुद्ध लेखेका समाचार र लेख पाठकले औधि रुचाई दिएका छन् l यो पंक्तिकारले बिसुद्ध गरि लेखेका कैयौ लेखहरु सर्बाधिक लोक प्रिय भए l एक शब्द पनि अंग्रेजी प्रयोग नगरीएका लेखले ह्वात मांग बढेको देखियो l

समाचार पनि यसै गरि पाठकले रुचाउने देखियो l र चलन चल्तीमा भएका शब्दलाई किनारा लगाउदै जबर्जस्त ठेट शब्द प्रयोग परिक्षणको रुपमा कसरि चल्दैन भनि कलम चलाउदा झन् व्यापक स्वीकृत भयो l झर्होबाद र झर्हो शब्द प्रयोग गरिएका समाचार तथा लेखलाई पाठकले मनपराई दिएका छन् l अंग्रेजी नमिसाई लेखेका आलेख हामीले प्रसस्त प्रमाणका लागि राखेका छौ l

माथि अत्यधिक प्रयोग भएका शब्दलाई नेपालीमा यस्तो लेख्दा पनि सकिन्थ्यो उदाहरण : गिरिजा कोइराला सुरक्षित अवतरणको खोजीमा ,जनताले प्रजातन्त्र बचाउनु पर्छ ,आमा बुवालाई तनाबले रक्तचाप् बृद्दी आदि ईत्यादी नेपाली भाषामा प्रकाशनमा रहेको छापा या अंकीय पत्रिकाले लेख्न सक्दछन l तर जे मनमा आउछ र चलनचल्तीका शब्द प्रयोग गरिन्छ l

यसो गर्दै जाने हो भने नेपाली लेख या समाचार छयास मिस वा क्वाटी पो हुने हो कि ? पत्रकारितामा जे भने पनि समय परिस्थिति अनुसार परिमार्जित गर्दै जाने हो कि ? समाचारमा किन नेपाङ्ग्रेजिको मात्र प्रयोग गर्ने ? एक पटक कोसिस गर्ने हो कि बिशुद्ध नेपाली भाषामा मात्र लेख्न ?

अभिरुचिपूर्ण ,पढु पढु लाग्ने ,मनोरन्जनात्मक तथा अन्य जे जस्ता समाचार या लेख एक शब्द पनि अंग्रेजीको प्रयोग नगरी केवल बिशुद्ध लेख्दा अझ झन् अनौठो र अद्वितीय मानि ज्यादै सकारात्मक पृष्ठ पोषण यो पंक्तिकारले पाएको छ l पाठकले मन पराएको देखियो l

नेपाङ्ग्रेजिको मात्र प्रयोग गरे ज्यादा चल्ने भन्ने मानसिकता अब राखी रहनु नपर्ला भन्ने मलाई लागेको छ l तर आफुले लेखेका लेख या समाचारमा नेपाङ्ग्रेजिको नामोनिशाना रहदैन l यो ठोकुवा सहित दाबी गर्दछु l तर सम्पादन गरि प्रकाशित पनि गर्ने गरिन्छ l मेरो काम चलि रहेछ l र ,बिसुद्ध नेपाली भाषामा लेखेको लेख लेखेको लेखै छु l यो क्रम निरन्तरता रहने छ l

द्रस्टब्य :माथि आफुले लेखेका अंग्रेजीका शब्द बुझाउने अर्थमा उदाहरण सहित प्रस्तुत गरेको मात्र ठानी दिनु होला l

तस्बिर :बिमल नेपाल ,बोस्टन 

प्रतिक्रिया