बाबुराम एकाएक फिल्मको नायक बन्नेपछि…

इनेप्लिज २०७२ चैत ९ गते १५:५५ मा प्रकाशित

Lal-Jodi-Nepali-Movi-768x576

चितवन । हास्य टेलिचलचित्रका लोकप्रिय पात्र चर्चित हास्य कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम) अबदेखि नायकको रुपमा समेत देख्न पाइने भएको छ । ‘लालजोडी’ चलचित्रमा प्रमुख अभिनेताको रुपमा डेब्यु गर्दै नक्कली बाबुरामलाई नायकको रुपमा समेत देख्न पाइने भएको हो । मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम भट्टराई र के.पी ओलीको भूमिकामा देखिने चर्चित हास्य कलाका काफ्ले ‘लालजोडी’ चलचित्रमार्फत पहिलो पटक नायक भएका हुन् । हास्य बिधामा आधारित चलचित्रमा उनीसहित सम्पूर्ण कलाकारहरु हास्य सिरियलका छन् । ‘यो मेरो ठूलो फड्को हो’, नव नायक काफ्ले भने, ‘अब नायक भएर अभिनय गर्दा पनि त्यतिकै माया पाउने छु ।’ काफ्लेलाई चलचित्रमा नायिकाद्वय रजनी के.सी. र आयुष्मा कार्कीले साथ दिएका छन् । साथमा बुद्धि तामाङ (हैट), गोबिन्द कोइराला (जयेन्ते), पुरन थापा, सिपी पौडेल, मधुसुदन पौडेल (ए हो ठिकैछ), यादव पुडासैनी, ज्याक श्रेष्ठ आदिको अभिनय हेर्न पाइनेछ । चलचित्र आगामी २०७३ सालको भदौ १७ गते शुक्रबार देशैभरि एकसाथ लाग्ने फिल्मका निर्देशक लक्ष्मण सुवेदीले जनाएका छन् । चलचित्रमा एउटा रमाइलो गीतमा स्वयम् नक्कली बाबुरामको पनि स्वर सुन्न सकिनेछ । पूर्ण हास्य विधामा आधारित चलचित्रमा रोमान्स, गीतसङ्गीत अनि द्वन्द्वको पनि भरपुर मनोरन्जन लिन सकिनेछ । चलचित्रलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण र निर्देशन गरेका हुन् । चलचित्रमा द्वन्द्व अष्ट महर्जन, छाँयाकन रामेश्वर कार्की, र नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

प्रतिक्रिया