डिसीबासि लक्ष्मी प्रतिष्ठानका संस्थापक गौतमका कुरा सुनेर यसरि भाव बिभोर भए

इनेप्लिज २०७२ चैत ९ गते १:१९ मा प्रकाशित

b7

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत मार्च २० तारिख लक्ष्मी प्रतिष्ठानकागतिबिधिहरुको प्रस्तुति संजाल विस्तारका लागि आयोजना गरिएको अन्तर क्रिया कार्यक्रममा डिसी क्षेत्रका नेपाली समुदायको बाक्लो उपस्थितिमा भव्यताको साथ सम्पन्न भएको छ l

थोरै वक्तालाई मन्तब्य राख्न दिने र धेरै कुरा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतमको सुन्ने छौ भन्ने जानकारी साथ सुरु गरिएको कार्यक्रम १ मिनेट मौन धारण ,नेपाली राष्ट्रिय गान तथा स्थानीय कलाकार खेम संग्रौलाले भक्त राज आचार्यको जहाँ छन् बुद्धका आँखा ,स्निग्ध शान्त र सुन्दर.त्यहाँ छ शान्तिको क्षेत्र गीत सुनाए पछि औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो l

IMG_7924

लक्ष्मी प्रतिष्ठानको संक्षिप्त परिचय कार्यक्रम संचालक दधि राम ढुंगानाले गरेका थिए l यसै गरि कार्यक्रम ब्यबस्थापनको संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राम बस्यालले बिष्णु गौतमको छोटो परिचय दिदै कसरि संस्थापक गौतम संग सम्पर्क हुन् गयो र यस संस्था संग कसरि आबद्ध भए भनि छोटकरीमा बताएका थिए l

कार्यक्रमको सभापतित्व ब्यबसायी तथा समाजसेवी राजिव मैनालीले गर्नु भएको थियो भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की तथा बिशेष अतिथिमा लक्ष्मी प्रतिष्ठानका संस्थापक बिष्णु गौतम हुनु हुन्थ्यो l

उक्त कार्यक्रममा लक्ष्मी प्रतिष्ठानको वृतचित्र प्रदर्शन गरिएको थियो भने डिसी महानगर क्षेत्रका केहि सिमित संघ तथा संस्थाको तर्फबाट गैर आवासीय नेपाली सघ भर्जिनिया शाखाका सभापति मुक्ति दवाडी ,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी , नेपाल अमेरिका परिचारिका समाजकि अध्यक्ष मंजु संग्रौला ,राजन घिमिरेको साथै आकृति खनालले लक्ष्मी प्रतिष्ठान तथा बिष्णु गौतम बारेमा बोलेका थिए l

IMG_7926

कार्यक्रममा आजीवन सदस्यहरुको घोषणा गरिनुको साथै नया आजीवन सदस्यहरु बन्ने घुइचो लागेको थियो l प्रमुख अतिथि राजदुत कार्कीले संस्थाको बारेमा जान्न पाउँदा हर्ष लागेको भन्दै बिष्णु गौतम र लक्ष्मी प्रतिष्ठानले गरेको अतुलनीय काम प्रति ज्यादै प्रभावित भएको बताउनु भयो l

यहाँ यो कार्यक्रममा उपस्थित न भएको भए यस्तो जानकारी बाट आफु छुट्ने रहेछु भन्दै आयोजकलाई धन्यबाद दिनु भयो l आफ्नो व्यक्तिगत तथा दुताबासको तर्फ बाट पनि सक्ने सहयोग गर्ने बचन बद्धता गर्नु भयो l

b10

बिशेष अतिथि बिष्णु गौतमले आफुले कसरि पुत्र बियोगको सामना गरे l ९ महिना को अन्तरालमा आफुले राम र लक्ष्मण जस्तै छोराहरु एउटा नेपालमा र अर्को अमेरिकामा गुमाएको र आफुले भोगेका त्यो दर्दनाक दिन संस्मरण सुनाउने क्रममा सबै जना भाबुक बने l गहभरी आँशु टिलपिल रह्यो l

दुखत क्षण सुनाउदै र क्षत विक्षत वातावरणमा भएका दुई छोराहरु अकाल मृत्युमा परि संसार त्यागे भने हामि कसरि बच्नु भन्दै आफु पनि प्राण त्याग्ने मानसिकतामा पुगेको कथा सुनाउदा सहभागीहरु भाव बिभोर हुन् पुगेका थिए l कसरि एउटा पर्यटन ब्यबसायमा लागेको मानिस अचानक आएको दुखको भुमरीले समाज सेवामा होमिनु पर्यो भन्नु भन्यो l कसरि आफुले प्राण त्याग्ने भन्ने सोचलाई परिवर्तन गरेको बताउनु भयो l

IMG_7928

b19 b15 b16 b9 b8 b 16 b3

b5

प्रतिक्रिया