तिम्रो आचल’को बिमोचन एसपी द्धारा

इनेप्लिज २०७२ चैत ८ गते १८:४४ मा प्रकाशित

12596152_958561667568623_1939452672_n

गोपाल काफ्ले
पथरी, ८ चैत ।
गायक सुनारको तिम्रो अचाल बिमोचन आचल गायक भरत सुनारको पहिलो गिती एल्बम ‘तिम्रो आचल’को सोमबार इटहरीमा बिमोचन गरिएको छ । इटहरी उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी शशस्त्र प्रहरी वलका एसपी भरतवावु केसी र चलचित्र पत्रकार संघ पूर्वाञ्चल शाखाका अध्यक्ष सन्तोष राईले संयुक्त रुपमा बिमोचन गरे । सुनारको उक्त एल्बममा ‘तिम्रो आचल’,‘गयो माया’,‘हे माया’,‘आगोले पोलेसरी’ गरी ४ वटा गीत छन् । ४ बटै गीतको भिडीयो सहित एल्बम ल्याएका गायक सुनारले गीतमा शब्द संगीत पनि दिएका छन् । कार्यक्रममा गायिका अन्जु गौतम,संगीतकार बलराम समाल,निर्देशक बिज्ञान राई लगायतले बोलेका थिए ।

प्रतिक्रिया