अर्चना पनेरुलाई पाँच घण्टापछि प्रहरीले छाड्यो

इनेप्लिज २०७२ चैत ८ गते १६:२१ मा प्रकाशित

Rusal-Shresta-1

पोखरा । अनुमति नलिएरै फिल्म शुटिङ गरेको भन्दै पक्राउ परेकी मोडल अर्चना पनेरु र निर्देशक राजु गिरीसहित जिस्म फिल्म युनिटलाई प्रहरीले पाँच घण्टापछि छाडेको छ । पोखरा–१८ खाल्टे मसिनामा छायांकन भइरहेकोे फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउँसो कास्की प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नलिएरै फिल्म शुटिङ गरेको अरोप लागेको थियो । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिनपछि हाजिर हुन आउने शर्तमा अर्चनासहित सबैलाई छाडेको हो ।

प्रतिक्रिया