शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:५२
वासिङटन डिसी 23:07

ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

इनेप्लिज २०७२ चैत ८ गते १:३२ मा प्रकाशित

ny4

आज मार्च २० तारिख आइतबार न्युयोर्कको फ्लसिंगको सेराटन लागर्डिया इस्ट होटलमा भएको कराते खेलमा डिसीका ठकुरीलाई कास्य पदक प्राप्त भएको छ l न्युयोर्क राज्यको फ्लसिंगमा भएको कराते “युएसए मार्शल आर्ट्स हल अफ फेम” ३५ बर्ष देखि ४५ बर्ष को खुला प्रतियोगितात्मक प्रतिस्प्रद्धामा उज्ज्वल ठकुरी मेक्सिकन जातिका खेलाडी ७ फिट ३ इन्च अग्ला खेलाडी संग भिडन्तमा पराजित भै तेस्रो स्थान ओगट्न सफल भएका छन् l

“युएसए मार्शल आर्ट्स हल अफ फेम” अमेरिकाको नौ वटा राज्यहरुमा हुने प्रतियोगिता हो l ४० बर्ष मनाउदै २०१६ को पहिलो खेल न्युयोर्क बाट संचालन भएको छ l यस खेलको साथसाथै ठकुरीको छैठौ छुट्टा छुट्टै राज्यमा खेल प्रवेस गरि सकेका छन l ठकुरीले १० वटा राज्यमा खेल पुर्याउने प्रतिबद्धता अनुसार अब चार ४ छुट्टै राज्य मात्र बाकी रहेको छ l

ny5

उनले वाशिंगटन डिसी ,बाल्टिमोर, पेंसेल्भानिया ,भर्जिनिया, न्युजर्सी तथा न्युयोर्क खेली सकेका छन् l आजको खेल समेत लगाएर ठकुरीले ७ वटा स्वर्ण ,२ वटा रजत र ३ वटा कास्य जित्न सफल भएका छन् l

ny3 ny2 ny1

प्रतिक्रिया