शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:१०
वासिङटन डिसी 22:25

सिर्जनशील नेपाली समाज(CNS)को अधिवेशन सम्पन्न

इनेप्लिज २०७२ चैत ७ गते १५:३२ मा प्रकाशित

image1

ह्युस्टन टेक्सास USA को सशक्त सामाजिक संस्था सिर्जनशील नेपाली समाजले आफ्नो दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन हालै भव्य रुपमा सम्पन्न गरेको छ।उक्त कार्यक्रमको अध्यक्षता तथा उद्घाटन संस्थाका संस्थापक अध्यक्ष एवम् वरिष्ठ समाजसेवी उमापति भुसालले गर्नुभएको सो कार्यक्रमको सुसंचालन संस्थापक सचिव केशव भुसाल र स्वागत संस्थापक उपाध्यक्ष बिष्णु त्रिपाठीले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा संस्था अन्तर्गतको नेपाली पाठशालाका बिध्यार्थीहरू एवम् संस्थाका कलाकार नानी बाबुहरूले राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रमको अवसरमा संस्थाका संस्थापक कोषाध्यक्ष बालकृष्ण बानियाँबाट संस्थाको समग्र आय-व्ययसहित भावी आर्थिक योजना समेत प्रस्तुत भयो भने लेखा परिक्षण समितिको तर्फबाट सदस्य लाल प्रसाद अर्यालले संस्थाको आय-व्यय निकै व्यवस्थित र पारदर्शी रहेको भन्दै छोटो समयमा संस्थाको नेतृत्वले गरेको योगदानको प्रशंसा समेत गर्दै केहि महत्वपूर्ण सुझावसहित आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो।साथै संस्थाका वरिष्ठ सल्लाहकार एवं संस्थाको आकस्मिक कोष समितिका संयोजक गंगादत्त शर्माले कोषको गतिविधि र भावी योजना प्रस्तुत गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष उमापति भुसालले संस्थाको स्थापनाको ऐतिहासिक पृष्ठभूमिसहितको संस्थाको समग्र प्रतिवेदनका साथै आगामी कार्य योजना समेत प्रस्तुत गर्नुभयो।साथै अध्यक्ष भुसालले छोटो समयमा संस्थाले आफ्नो सशक्त पहिचान बनाउन सफल भएकोमा गौरव गर्दै यस अभियानमा आफ्नो नेतृत्वलाई सहयोग गर्ने कार्य समिति,सल्लाहकार , लेखा लगायत खेलकूद , CECA, महिला,युवा तथा बाल,आकस्मिक कोष लगायतका समिति – उपसमिति र आम सदस्यहरूलाई धन्यवाद दिंदै विशेष सहयोग गर्ने सौजन्यकर्ता एव् चन्दादाता र सहयोगी अन्य सामाजिक संघ संस्था , नेपाली राजदूतावास र विभिन्न हिसाबले सुझाव- सल्लाह दिनुहुने नेपाल र संसारभरी रहनुभएका सहृदयी मित्रहरप्रति आभार सहित धन्यवाद प्रकट गर्नुभयो।उक्त अवसरमा वहाँले संस्थालाई अफिस स्पेस उपलब्ध गराउने कोषाध्यक्ष बालकृष्ण बानियाँ र सल्लाहकार देव नारायण भुसाललाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा संस्थाका सदस्यहरू सहित स्थानीय बुध्दिजीवी एवम् समाजसेवीहरूको भव्य र उत्साहजनक उपस्थिति रहेको थियो भने INLS Houston Chapter का महासचिव बासु पौडेल र निर्वाचन समितिका संयोजक प्रा. आर सी काफ्ले एव् सदस्य द्वय लाल प्रसाद अर्याल र मिनबिक्रम शाह अतिथिको रूपमा रहनु भएको सो अधिवेशनले पुन: उमापति भुसालको अध्यक्षतामा आगामी दुई बर्षका लागि सर्वसम्मत कार्यकारी समिति निर्वाचित गरेको छ।त्यस्तैगरी संस्थाको उपाध्यक्षमा गंगादत्त शर्मा, सचिवमा सतिश त्रिपाठी , कोषाध्यक्षमा गीता आचार्य, सह- सचिवमा पंकज पौडेल र सदस्यहरूमा कृष्ण न्यौपाने,घनश्याम पाठक,अनु पाण्डेय,प्रकाश लुईटेल,सरोज सिग्देल,लक्ष्मी प्रसाद सुवेदी, सुशीला आचार्य, पूनम भुर्तेल, लाल प्रसाद अर्याल र निराजन ज्ञवाली निर्वाचित हुनुभएको छ। अत्यन्तै प्रजातान्त्रिक उक्त अधिवेशनले बालकृष्ण बानियाँको संयोजकत्वमा विष्णु पाठक तथा भूमिराज सापकोटा सदस्य रहेको ३ सदस्यीय आन्तरिक लेखा समिति समेत गठन गरेको छ।

प्रतिक्रिया