बरमझियामा आगलागी, १५ लाख क्षति

इनेप्लिज २०७२ चैत ६ गते ४:०१ मा प्रकाशित

aaglaagiसप्तरी, ६ चैत । कञ्चनरुप नगरपालिका–२ स्थित बरमझियामा शुुक्रबार साँझ आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी मुखिलाल चौधरीको गाईगोठबाट अचानक सल्केको आगाले निजको एक तथा छिमेकी सुखिलाल मुखिया र सवुरलाल मुखियाका एक एक घर जलेको छ । सबुरलालका तीन वटा बाख्रा पनि मरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कुन कारणले आगलागी भएको प्रहरीले खुलाएको छैन ।

सो आगलागी नियन्त्रण गर्ने क्रममा भोटाइ मुखिया, नन्नदी चौधरी लगायतको केही घर आंशिक रुपमा क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सी गरी रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

आगो स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया