बुटवल, ६चैत । बुटवल उपमहानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अन्तर्गत नेपालकै पहिलो र अत्याधुनिक एकीकृत फोहर प्रशोधन केन्द्रको निर्माण हुने भएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोग अन्तर्गत नेपाल सरकारको ८४ प्रतिशत अनुदानमा निर्माण हुने केन्द्रका लागि रु २८ करोड ७५ लाखमा ठेक्का सम्झौता गरी काम अगाडि बढाउन लागिएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्रुवबहादुर खड्काले केन्द्र ल्यान्डफिल वा डम्पिङ साइट नभई प्राङ्गारिक मल उद्योगका रुपमा विकास हुने र अत्याधुनिक प्रविधि तथा उपकरणको प्रयोग हुने हुँदा केन्द्रबाट वातावरणीय प्रभाव नपर्ने प्रस्ट पार्नुभयो ।
यहाँ शुक्रबार आयोजित कार्यक्रममा स्थानीय देवदह नगरपालिका वडा नं ११ चरङ्ेगेका बासिन्दाले जनस्वास्थ्य र वातावरणमा नकारात्मक असर नपर्ने गरी निर्माण गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया