आगलागी पीडितलाई राहत

इनेप्लिज २०७२ चैत ६ गते ३:४१ मा प्रकाशित

बुटवल, ६ चैत । राधा माधव समिति र डिभाइन युथ क्लब बुटवलले आगलागी पीडितलाई शुक्रबार राहत वितरण गरेका छन् ।

कपिलवस्तुको पत्थरदेइया र दाङको राजपुर फोहोरेमा भएको आगलागीबाट विस्थापितलाई रु ५० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा र भाडा वितरण गरिएको समितिका अध्यक्ष रामप्रसाद घिमिरेले बताउनुभयो ।

आगलागीबाट कपिलवस्तुमा २७ र दाङमा १७ घर विस्थापित थिए । राहत वितरण कार्यक्रममा सांसद अभिषेकप्रताप शाहले धार्मिक सङ्घसंस्थाबाट सामाजिक काम हुनाले धेरैलाई असल बाटामा लैजान सकिने बताउनुभयो ।

प्रतिक्रिया