एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न  

इनेप्लिज २०७२ चैत ६ गते १:३८ मा प्रकाशित

fd9d9341-e950-4aa9-a1d8-220ed684346f

नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाको महिला तथा बालबालिका समितिको आयोजनामा गत मार्च १३ तारिख एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न भएको छ l कार्यक्रममा नेपाल तथा अमेरिकाका राष्ट्रिय गान बाट सुरु गरिएको थियो l उक्त कार्यक्रमको सुरुवात नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाका पुर्व अध्यक्ष राजा घलेले गर्नु भएको थियो l

नासाको ईतिहासमा पहिलो पटक महिला दिवस मनाएकोमा पूर्व अध्यक्ष घलेले हर्ष व्यक्त गर्दै कार्यक्रम संचालक मिसेस अन्तर राष्ट्रिय इंडिया शबिता जैन लाई परिचय गराउनु भएको थियो l

395ed9ad-9a7c-4e3c-ba8a-82aa38ee0ad4

नासा महिला तथा बालबालिका समितिका सभापति विद्या गुरुङले सबैलाई स्वागत गर्नुको साथै प्रमुख वक्ता चार्लोट हल नाश तथा अरु विशिस्ट व्यक्तिहरुको परिचय दिनु भएको थियो l नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्यले नासाका अध्यक्ष बिमल नेपालको स्वागत संदेश पढ्नु हुदै धन्यवाद ज्ञापन गर्नु भएको थियो l

कार्यक्रमका प्रमुख वक्ता चार्लोट हाल नाशले महिला भूमिका बारेमा बोल्न्नु भएको थियो भने डा अमृता रेग्मीले सकारात्मक कार्य तथा महिलाका उन्नतिका बारेमा बोल्नु भयो l यसै गरि प्रख्यातपाकिस्तानी लेखिका ,कवियत्री तथा सामाजिक कार्यकर्ता सदफ फारुकीले महिला का सशक्तिकरण बारेमा बोल्नु भएको थियो भने नेपाली लेखिका तथा कवियत्री गोता सापकोटाले कविता वाचन गर्नु भएको थियो l

7017f755-6ea4-4866-9fe9-1d13f1f58faa

यसै गरि भारत कला नाट्यको तर्फ बाट नृत्यहरु प्रस्तुति गरिएको थियो जसको निर्देशक सुबथ्रा सुदर्शनले गर्नु भएको थियो l नेपालीले प्रख्यात गीतहरुमा गाईएको थियो भने कार्यक्रममा भारत ,पाकिस्तान ,बंगलादेश ,इन्डोनेसिया आदि बाट विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l

कार्यक्रममा नेपाली घरेलु उद्योगका पोशाक तथा हस्तकलाका समानहरु पनि राखिएको थियो भने कार्यक्रममा बिशेष व्यक्तित्व ,कलाकार तथा स्वयम् सेवकलाई प्रशंसाको प्रमाण पत्रको साथै पदक पनि प्रदान गरिएको थियो l

ae7d63f5-4ec7-43a0-a8e1-defe1c315f73 25925af4-9ce7-4083-ad28-d8a49b823bdf d698766d-6fa0-4a6f-b463-26d01f7d6fab

प्रतिक्रिया