पक्राउ परेका भट्टराई
काँकडभिट्टा (झापा), ५ चैत । रोजगारीको प्रलोभनमा पारेर भारतमा बेच्न लगिँदै गरेका पाँच महिलाको आज प्रहरीले कुमरखोदबाट उद्धार गरेको छ ।
उद्धार गरिएका महिला चितवन, मकवानपुर र कञ्चनपुरका हुन् । उनीहरुलाई दलाल मार्फत झापा ल्याएर स्थानीयवासी महेश भट्टराईका घरमा राखिएको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा फेला परेका हुन् ।
प्रहरीले भट्टराईलाई पक्राउ गरी मानब बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीम दाहालले बताउनुभयो ।
प्रतिक्रिया