आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:५२
वासिङटन डिसी 14:07

सिमा क्षेत्रमा झडप, १० जना आतंककारीको मृत्यु दैनिक नेपाल२०७२ चैत ४

इनेप्लिज २०७२ चैत ४ गते १७:२३ मा प्रकाशित

khum-bhadur-khadka-768x512

ट्युनिस्, ४ चैत । लिबियाको सीमाक्षेत्रमा ट्युनिसियाली सुरक्षाबल र आतङ्ककारीबीचको झडप पछिल्लो समयमा बढ्दै गएको समाचार छ । यस झडपमा परी गत हप्तामात्र पनि १० जनाभन्दा बढी संदिग्ध आतङ्ककारीको मृत्यु भएको थियो । झडप बुधबार रातिदेखि पुनःसुरु भएको बताइएको छ । बन्दुकधारीको एक समूहले लिबियाको सीमाक्षेत्रनजिकै रहेको सैनिक व्यारेक आक्रमण गरेपछि सो झडप भएको हो । सोही सैनिक पोष्टमा गतहप्ता भएको आक्रमणमा परी १० जना आतङ्ककारी मारिएका बताइएको थियो । सो आक्रमणमा परी कैयौं व्यक्ति घाइते भएका जनाइएको छ । तर यसको विस्तृत विवरण भने आएको छैन । ट्युनिसियाको राजधानीबाट ४५० किलोमिटर दक्षिणमा रहेको सो सहरमा अझै पनि झडप जारी रहेको प्रहरीको समाचारमा उल्लेख छ । यस उत्तर अफ्रिकी राष्ट्रमा गत वर्षदेखि थप हिंसा मच्चिएको छ । त्यहाँ पटकपटक आतङ्ककारी आक्रमण भइसकेको छ । लिबियाको सीमा क्षेत्रमा भएको यो आक्रमण यसै महिनाको दोस्रो पटकको हो । रासस/एएफपी

प्रतिक्रिया