युवा जागरण तालिम सुरु

इनेप्लिज २०७२ चैत ३ गते १२:४४ मा प्रकाशित

रत्ननगर ०३ चैत
कालीका युवा क्लवको आयोजना र जिल्ला खेलकुद विकास समिती, युवा सूचना केन्द्र भरतपुरको सहयोगमा आजदेखी युवा जागरण नेतृत्व तथा क्षमता विकास एवं परामर्श कार्यक्रम सुरु भएको छ। पाँचदिनसम्म सन्चालन हुने सो तालिममा स्थानिय कालीका नगरपालिकाका ३० जना युवा युवतिको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख रामजी ढकाल,गैरसरकारी संस्था महासंघ चितवनका अध्यक्ष केशव आचार्य,प्रशिक्षक केशव रेग्मी लगाायतले मन्तव्य व्यक्त गरेका थिए । क्लबका सदस्य रिना पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम क्लवका अध्यक्ष निराजन गौलीको अध्यक्षतामा भएको थियो ।

शैक्षिक सामाग्री वितरण
रत्ननगर ।
जमुनापुर हेल्प सोसाईटी र रोटरी क्लव अफ काठमाडौको सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ। राष्ट्रिय प्रावि जमुनापुरका १ सय २० जना र श्रीराम वैदीक संस्कृत गुरुकुलम जंमगलाका ४० जना विद्यार्थीहरुलाई झोला, कापी, कलम वितरण गरिएको थियो । कार्यक्रममा हेल्प सोसाईटीका संरक्षक जर्मन नागरिक कूष्टा थापा,सामुदायिक सहयोग केन्द्रका अध्यक्ष केशव पाण्डे,राष्ट्रिय प्रावि जमुनापुरका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी,शिवधारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मथुरा थापा,रत्ननगर नगरपालिका वडा नं ११का सचिव शंकर गिरि,संस्थाका सल्लाहाकार शिवराम केसी लगाायतले मन्तव्य व्यक्त गरेका थिए ।संस्थाका सल्लाहाकार ठाकुर प्रसाद लामिछाने स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्रजंग थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

युवा संघको अधिवेशन
रत्ननगर । युवा संघ नेपाल रत्ननगर – ८ को अध्यक्षमा उमेश के.सी. चयन भएका छन् । उपाध्यक्षमा राधा नेपाली, सचिव प्रमात्मा रेग्मी, सह–सचिव मोति प्रसाद शर्मा र सदस्यहरुमा वर्षा घिमिरे, स्मृति घिमिरे, राजन गुरुङ्ग, रमेश अधिकारी र सुमन श्रेष्ठ चयन भएका हुन् । नेकपा एमाले रत्ननगर – ८ का अध्यक्ष कमल घिमिरेको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य कृष्ण खनाल रहेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य नारायण वन, जिल्ला सदस्य यादव प्रसाद पाठक, एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला कमिटी सल्लाहकार पुण्य प्रसाद अधिकारी, युवा संघका केन्द्रिय सदस्य प्रताप डल्लाकोटी, एमाले नगर कमिटी सदस्य राजेन्द्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया