आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२३
वासिङटन डिसी 08:38

विश्वकपमा न्यूजिल्याण्डद्वारा भारत पराजित

इनेप्लिज २०७२ चैत ३ गते ३:१७ मा प्रकाशित

timthumb.phpकाठमाडौँ, ३ चैत ।  विश्वकप टी–२० अन्तर्गत सुपर टेनको पहिलो खेलमा आयोजक भारत न्यूजिल्याण्डसँग ४७ रनले पराजित भएको छ ।

नागपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्याण्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत १८.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका मिचेल स्यान्टेनरले ४ तथा  इस सोधीले ३ विकेट लिए ।

यसअघि निर्धारित २० ओभरको खेलमा न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

भारतका लागि कप्तान महेन्द्र सिंह धोनी ३०, विराट कोहली २३ र रविचन्द्र अश्विनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।

प्रतिक्रिया