वडा कार्यालयमा तालाबन्दी

इनेप्लिज २०७२ चैत २ गते ३:२० मा प्रकाशित

Talabandiविराटनगर, २ चैत । बाल माध्यमिक विद्यालयले विराटनगर उपमहानगरपालिका–१७ को कार्यालयमा सोमबार तालाबन्दी गरेको छ ।

सो विद्यालयको भवनमा अनुमतिबिना कार्यालय सञ्चालन गरेको र पटकपटक कार्यालय हटाउन अनुरोध गरिएपनि नमानेकाले तालाबन्दी गरिएको सो विद्यालयका अध्यक्ष योगेन्द्र महतो र प्रधानाध्यापक गोविन्दप्रसाद गजुरेलद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यालयको १५ धुर जग्गामा बनेको उक्त भवन विद्यालयलाई आवश्यक परेको भनेर लिखितरुपमा विराटनगर उपमहानगरपालिकालाई पत्राचार गरिएको भएपनि भवन खाली गर्न कुनै तदारुकता नदेखाएकाले तालाबन्दी गरिएको सो विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया