पोखरा, ३० फागुन । फिर्के तमु समाज, मालेपाटनले समाजमा लामो समयदेखि विभिन्न तवरबाट सेवा गर्नुभएका समाजसेवी, उच्च शिक्षा तथा एसएसली उत्तीर्ण विद्यार्थी र समाजका सहयोगीहरूलाई एक कार्यक्रमका बीच शनिबार सम्मान गरेको छ ।
समाजका निवर्तमान अध्यक्ष सुवेदार टेकबहादुर गुरुङ, पूर्व सदस्य सुवेदार टेकबहादुर गुरुङ, आइतकुमारी गुरुङ(चाइना बजै), ललितबहादुर गुरुङ र हर्कबहादुर गुरुङलाई दीर्घसेवा सम्मानबाट सम्मान गरिएको हो ।
यस्तै नेपाल मेडिकल कलेज काठमाडौं जोरपाटीबाट एमबिबिएस उतिर्ण डा.सिमा गुरुङ, एसएलसी प्रथम श्रेणीमा उतिर्ण विद्यार्थी प्रनिशा गुरुङ, अशोककुमार गुरुङ, चिज गुरुङ, एलिसा घले र अल्बिना गुरुङलाई सम्मान गरिएको हो ।
उहाँहरूलाई बौद्ध अर्घौ सदनका अध्यक्ष क्या.भुवनसिंह गुरुङ, तमु धिं नेपालका महासचिव रुद्रकुमारी गुरुङ मैना, समाजका अध्यक्ष क्या.डम्वरबहादुर गुरुङ लगायतले सामूहिक रुपमा सम्मान गर्नुभएको थियो ।
उक्त अवसरमा छोराको शुभविवाहको अवसरमा समाजलाई १ लाख ५ हजार रुपैया सहयोग गर्नुहुने समाजका आजिवन सदस्य देवबहादुर गुरुङ र यामकुमारी गुरुङ तथा अन्य विभिन्न तवरबाट सहयोग गरेको भन्दै बुद्धिबहादुर गुरुङ र लिलादेवी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया