हुम्लामा हिमपात

इनेप्लिज २०७२ फागुन ३० गते ३:०९ मा प्रकाशित

Himpatहुम्ला, ३० फागुन । यहाँको सदरमुकाम सिमीकोटमा आज बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । हिमपातपछि यहाँको एकमात्र विमानस्थलबाट नेपालगन्ज र सुर्खेत आउने हवाई उडान बन्द भएको छ ।

कात्तिकमा छरेको जौ, गहुँ यो हिमपातपछि उम्रिने स्थानीय बासिन्दा बताउँछन् ।

भदौदेखि पानी नपरेको सिमीकोट सदरमुकाममा यो हिमपातपछि रुघाखोकी कम हुने स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया