आइतबार, असार ६ २०७८
काठमाडौं ०२:२१
वासिङटन डिसी 16:36

पर्यटन नै देशको मुहार फेर्ने तथा अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने : मन्त्री आनन्द प्रसाद पोखरेल

इनेप्लिज २०७२ फागुन ३० गते १:४० मा प्रकाशित

mantri 4

लस एन्जेलस, नेपाल अमेरिका एकता समाजको आयोजनामा अमेरिका आई पुग्नु भएका संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेल सँग एक अन्तरक्रिया कार्यक्रमका सम्पन्न गरिएको छ । कार्यक्रममा मन्त्री पोखरेलले नेपालको पर्यटन प्रवर्धन र विकासमा प्रवासमा बस्ने नेपालीहरूका लागि सदैव हातेमालो गर्दै अघि बढ्ने दृढता व्यक्त गर्नु भयो।

नेपालमा हुन् गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि संयुक्त राष्ट्र संघका महासचिव बांग कि मुनलाई निमन्त्रणा दिन तथा पर्यटन प्रबर्धन गर्ने विविध कार्यक्रममा भाग लिन आउनु भएका पर्यटन मन्त्री पोखरेलले उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै भूकम्पबाट क्षतिग्रस्त देशको पुननिर्माणको लागि पर्यटन प्रबर्धनले ठुलो टेवा दिन सक्ने बताउनु भयो ।

मन्त्रि पोखरेलले अगाडी भन्नु भयो भूकम्प गए पश्चात विदेशमा नेपाल पर्यटनको लागि असुरक्षित छ भन्ने जुन धारणा बनेको छ त्यसलाई चिर्दै हामीले नेपाल पर्यटनको लागि सुरक्षित रहेको संदेश दिन जरुरी रहेको हुँदा आगामी वैशाख १२ गते एक कार्यक्रम गर्न लागेको बताउनुभयो । दुई छिमेकी देशले कृषिमा ठुलो मात्रामा अनुदान दिएर गरेको उत्पादनसंग हामीले प्रतिस्पर्धा गर्न नसक्ने हुँदा पर्यटन नै देशको मुहार फेर्ने तथा अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने बताउनु भयो । आफ्नो पहलमा कसरी देशमा पर्यटकहरु बढी भन्दा बढी भित्र्याई देशको अर्थतन्त्रमा समेत टेवा पुर्‍याउन सकिन्छ भनी आफू लागि परेको समेत उनले बताए ।

mantri 3

संस्थाका अध्यक्ष सूर्य प्रसाईले मन्त्री पोखरेलले समय प्रदान गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै संस्थाले केही नेपाली कला, संस्कृति, परम्परा, भेसभुषा , खानपान र नेपालको पर्यटन उधोगलाई टेवा पुग्ने गरी एक नेपाल महोत्सव कार्यक्रम गर्ने योजना रहेको बताए l

नेपालको पर्यटकीय प्रवर्धन र विकाशमा अमेरिकी समुदायलाई सुसुचित गर्नुको साथै स्थानीय व्यापार व्यवसाय , पहिचान र एकतालाई समेत प्रबल रूपमा विकास र विस्तार गर्न सकिने कार्यपत्र पर्यटन मन्त्रालयसंग पेस गरेका छन् ।

यसै गरि उक्त कार्यक्रममा विभिन्न संघ संस्था ,व्यापारिक प्रतिस्ठान , बुद्धिजीवी सँगको समन्वयमा नेपाल अमेरिका एकता समाज सो कार्यको अगुवाईमा अति प्रसिद्ध कार्यक्रम “रोज परेड” नेपाली शैली र कला झल्कने खालको विभिन्न सांस्कृतिक, धार्मिक र अन्य मनोरन्जनात्मक कार्यक्रम एकै थलोमा गर्नका लागि संस्थाको सामुदायिक भवनको अवधारणा सार्वजनिक गरेको जानकारी संस्थाको महासचिव डोल्मा लामाले बताएका छन् ।

mantri 5

लस एन्जेलस पुगेका नेपाल अमेरिका पत्रकार सङ्घ का अध्यक्ष गौतम दाहालले वान कि मुनलाई नेपालमा हुन् लागेको सम्मेलनमा प्रमुख अतिथि बनाउन सकेमा गौतम बुद्ध नेपालमा जन्मेको सङ्केत जाने मात्र नभएर नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने बताउनु भयो ।

बाणिज्यदुत ऋषि ढकालले पश्चिम अमेरिकामा पचास हजार भन्दा बढी नेपाली रहेको, सानो कागजी प्रक्रियाको लागि समेत वाशिंगटन जानु पर्ने बाध्यता र खर्चिलो प्रक्रिया भएको हुँदा लस एन्जल्समा महा बाणिज्य दुताबास सेवा उपलब्ध गर्न पहल गरिदिनु हुन् मन्त्री पोखरेल सँग अनुरोध गर्नु भयो ।

एनआरएन आईसिसि सदस्य दिल श्रेष्ठले पर्यटनको विकास र यसको प्रबर्दन गर्न जरुरी भएको बताउनु भयो । स्थानीय संस्था नेपाल अमेरिका एकता समाजले आयोजना गरेको सो कार्यक्रममा प्रवासी नेपालीहरूले पर्यटन प्रवर्धनमा कस्तो टेवा पुर्‍याउन सकिन्छ भनी कार्यक्रम संस्थाका अध्यक्ष सूर्य प्रसाईले प्रस्तुति गरेको थियो l

मन्त्री पोखरेलले लस एन्जल्समा गरिने सडक उत्सवको लागि नेपाल सरकारबाट प्राविधिक रूपले सहयोग गरिने प्रतिबद्धता जनाएको संस्था कि महासचिव डोल्मा लामाले जानकारी दिएकी छिन् l महासचिव लामाले सञ्चालन गरेको सो कार्यक्रममा यस क्षेत्रमा क्रियाशील सङ्घ-संस्था तथा स्थानीय नेपाली समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया