कसले पुगायो नायिका नन्दितालाई मलेसिया ?

इनेप्लिज २०७२ फागुन २९ गते १:११ मा प्रकाशित

Nandita-459x600

काठमाडौं । नायिका नन्दिता केसी मलेसिया पुगेकी छिन् । उनी किन त्यहाँ पुगेकी हुन् त्यो भने रहस्यमा छ ।
कथाअनुसार, वर्षौदेखि माया गरेको प्रेमी वाध्यताले घर फर्किन पाएको छैन । यस्तो अवस्थामा आफ्नो प्रेमीविना वस्न कुन प्रेमीको मन वस्न सक्लार घरदेशमा?
नायिका नन्दिता केसीमा पनि त्यहि वाध्यता आइपुग्यो । अनि उनी पनि मलेसियामा हराएको प्रेमी खोज्न उतै पुगिन् ।
आफ्नो प्रेमी राघव आचार्यलाइ भेटेपछि नन्दिता पनि मख्ख परिन् । आफ्नी मायालुलाई भेटेका राघव पनि चुप वस्न सकेनन् र त्यहि मेसोमा ‘तिमीले नै भन्थ्यौ तिम्रो नयन राम्रो’भन्दै आफ्नी प्रेमीकाको वर्णन गर्न थाले।
मलेसियाको मेरुवाट क्वान्तानको सामुन्द्रिक तटसम्म घुम्न पुगे । आफ्नो प्रेमी साथमै भएपछि नन्दिता पनि खुसी थिइन ।
यो दृश्यलाई कैद गर्दै थिए निर्देशक शिव विक । शिवकै निर्देशनमा बन्न लागेको प्रमोद खरेलको गीतको म्युजिक भिडियोको दृश्य हो यो ।

प्रतिक्रिया