शैक्षिक सुधारका लागि सबै प्रअ सदरमुकाममा

इनेप्लिज २०७२ फागुन २८ गते २:१५ मा प्रकाशित

जाजरकोट, २८ फागुन । यहाँका उच्च मावि र माविका प्रधानअध्यापकहरु विहिवार सदरमुकाममा भेला भए ।

जिल्लाको शैक्षिक अवस्था बुझ्न र सुधारका लागि ठोस योजना बनाउनका लागि प्रअलाई सदरमुकाममा भेला गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जानकारी दिनुभयो ।

भेलामा प्रधानाध्यापकले आ–आफ्ना विद्यालयमा भएका समस्या भौतिक अवस्था, शैक्षिक अवस्था, छात्रवृत्ति वितरण, खानेपानी, शौचालय आदि विषयमा व्यापक कुरा उठाएका थिए ।

जिल्लामा आएलगत्तै शैक्षिक सुधारका लागि विभिन्न कार्य गर्दै आउनुभएका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले जिल्लाभरिका प्रधानाध्यापकलाई सदरमुकाममा बैठकको आयोजना गरी साझारुपमा समस्या बुझ्ने अवसर जुटाएपछि सबै खुसी भएका छन् ।

प्रअहरुले विद्यालयमा दरबन्दीको अभावका कारण शैक्षिक अवस्था सुधार्न मुस्किल भएको बताएका छन् । विद्यालयमा खानेपानीको समस्याका कारण पढाइ प्रभावित भएको पनि शिक्षकले बताए ।

प्रतिक्रिया