लसएञ्जलसमा नेजाको सामुदायिक अन्तरक्रिया
लसएञ्जलस,अमेरिका,मार्च ९ / अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ-नेजाको पाँचौं अधिवेशनको तयारी तीव्र रुपमा जारी छ | नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख लस एञ्जलसमा हुन लागेको अधिवेशन तयारी समितिका संयोजक समेत रहेका नेजाका सचिव सुदीप पन्तले जानकारी दिनु भएको छ |
हाल नेजाले अप्रिल तीन तारिखसम्म म्याद राखी अधिवेशनमा सहभागिताका लागि सदस्यता वितरण र नवीकरणको कार्य जारी राखेको छ | यसैगरी नेजाले आफ्नो द्वैवार्षिक प्रकाशन’प्रयास’ समेत यो अधिवेशनको अवसर पारेर प्रकाशन गर्दैछ | यस वर्ष नेजाले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको नेजा ग्रामीण पत्रकारिता पुरस्कार समेत प्रदान गर्दैछ | पुरस्कारको राशी एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ |
यसैबीच नेजाले अधिवेशनस्थल लस एञ्जलसमा अधिवेशनको तयारी र नेजाका गतिविधिका बारे समुदायका सदस्यहरुसंग छलफल गर्न लागेको छ | आगामी शनिवार स्थानीय समय अनुसार साँझ ८ बजे स्थानीय नेपाल अमेरिका एकता समाजको कार्यालयमा यस्तो छलफल र अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव सुदीप पन्तले प्रेषित गर्नु भएको समाचारमा उल्लेख छ | सहभागिताका लागि आफुहरुले स्थानीय समुदायका सबै सदस्यहरुलाई आमन्त्रण गरिरहेको कार्यक्रम व्यवस्थापनमा खटिरहनु भएका नेजाका सदस्य अग्नी चौलागाईले जनाउनु भएको छ |
कार्यक्रममा सहभागी हुन बाल्टिमोरमा रहनु भएका नेजाका अध्यक्ष गौतम दाहाल समेत लस एञ्जलस आउनु हुने समेत पन्तले जनाउनु भएको छ |
लसएञ्जलसमा हुने कार्यक्रम सम्बन्धी सूचना यस्तो छ :
यस नेपाल अमेरिका पत्रकार संघ-नेजाको आगामी मे ७-८ मा लस एञ्जलसमा हुन लागेको पाँचौं अधिवेशनको सन्दर्भ एब पत्रकारिता र सामाजिक दायित्व विषयमा एक छलफल कार्यक्रम राखिएको छ | तसर्थ समुदायका सबै सदस्य एवं नेजाका शुभेच्छुक र सदस्य साथीहरूलाई निम्न स्थान र मितिमा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछौ । उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका अध्यक्ष गौतम दाहाल समेत उपस्थित हुनुहुनेछ |
स्थान:-नेपाल अमेरिका एकता समाजको कार्यालय
17127 Pioneer Blvd, Artesia, CA 90701
मिति – १२ मार्च २०१६, शनिवार
समय:-बेलुका ८.०० बजे
नेजा पाँचौं अधिबेशन तयारी समितिको तर्फबाट
सुदिप पन्त
अग्नी चौलागाईं
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
प्रतिक्रिया